arrow

बाबुरामले भने-नयाँ संविधानलाई जन्म दिने आमा मै हुँ

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ संविधानलाई आफुले जन्माएको सन्तान भनेका छन् । 
 
वुधबार सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समिति बैठकले गरेको निर्णय र तयारीप्रति संकेत गर्दै भट्टराईले आफुले जन्माएको सन्तानलाई अरुले मायाँ गरेको देख्दा खुसी लाग्ने प्रसंग उल्लेख गरेका छन् । 
 
उनले सामाजिक संजाल फेरबुक र ट्वीटर अकाउन्टमा व्यंग्यात्मक पोष्ट गरेका छन् । भट्टराईले वर्तमान सरकारको व्यंग्यात्मक आलोचना गर्दै भनेका छन्, ‘केही अपाङ्गतासहित जन्मेको यो सन्तानलाई बेलैमा उपचार गरौं भन्दा नमानेर उल्टै जन्माउने आमालाई नै नानाभाँतीका फत्तुर लगाउनेहरुले यो अपाङ्ग बालिकालाई अतिसय माया गरेको स्वांग गर्दा चाँही कता कता आशंका लाग्दोरहेछ । तैपनि यो बालसन्तानको दीर्घायू होस् ।’
 
उनले आफुलाई संविधानलाई जन्म दिन आमाको ओहोदामा राखेका छन् । उनले वर्तमान सरकार टाउकोको मूल्य तोक्नेकै बैशाखी टेकेर बनेको भन्दै यो सरकारले संविधानसभाबाट नयाँ संविधान जारी भएको पहिलो वर्षगाँठ तामझामका साथ मनाउने निर्णय गरेको सुन्दा औधी हर्षको अनुभूति भइरहेको उल्लेख गरेका छन् । 
 
सरकारले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षाेल्लासका साथ मनाउने निर्णय गरेको छ । 
 
भट्टराईले संविधान जारी गर्ने दिन केही पर सार्न नमानेको भन्दै आफ्नै पार्टी अध्यक्षसंग असन्तुष्टि राखेर पार्टी र संसदबाट एक साथ राजीनामा दिएका थिए । यद्यपि, मध्यरातमा पहिलो संविधान सभा विघटन गर्ने आमाको नाम पनि बाबुराम नै हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ