arrow

उषा स्मृति कोष गुल्मीद्धारा बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्त्रण

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
samagri-hastrantran-paudi.jpeg
गुल्मी । गुल्मीको दिगाममा रहेको क्रियाशिल उषा स्मृति कोषद्धारा पौदीअमराई गाविसको एक विद्यालयमा पढ्ने बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको छ ।
 
गाविसको वडा नं. ३  बाङ्गेमा रहेको भगवति निम्न माध्यमिक विद्यालयको  बालशिक्षामा अध्ययनरत १८ जना दलित तथा जेहेन्दार बालबालिकाहरुका  लागि उषा स्मृति कोष गुल्मीका अध्यक्ष योगराज कंडेलद्धारा प्रदान गरिएको सामाग्रीहरु कक्षाकोठामा विस्याउने कारर्पेट,प्रति बालबालिकालाई एक-एक थान झोला,आधा दर्जन कपि, पेन र कलर पेलसिल  सहित शैक्षिक सामाग्रीहरु जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि तथा वामी श्रोतकेन्द्रका श्रोतव्यक्ति देविराम शर्माले उकक्त सामाग्री  हस्तान्त्रण गरेका थिए ।
 
सञ्चारकर्मी कौरव खत्रीको पहलमा कोषले उक्क्त विद्यालयमा सामाग्री सहयोग गरेको हो ।विगत केहि बर्ष यता उषा स्मृति कोष गुल्मीका अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी योगराज कंडेलले निरन्तर रुपमा समाजका विभिन्न व्यक्ति तथा संस्था  लगायत  शैक्षिक तथा  सामाजिक क्षेत्रमा उषा स्मृति कोष मार्फत आर्थिक  र अन्य सहयोग गदै  आएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ