arrow

एमालेका नेता सहित ३५ कार्यकर्ता कांग्रेस प्रवेश

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
congress-flag.jpg.jpeg.jpeg
कपिलवस्तु । कपिलवस्तुमा विभिन्न  पार्टी परित्याग गरी ३५  जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस वुद्धवाटिका वडा नं ८ सतिद्धारा आयोजित कार्यक्रममा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।  
 
नेकपा एमालेका वुद्धवाटिका वडा नं ८ का वडा अध्यक्ष बदलु थारु सहित ३४ जना सहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै एमालेका कार्यकर्ता लिलामणी कडेल, भक्तिराम न्यौजाने, रोमई थारु समेत प्रवेश गरेका छन् । उनीहरुले नेपाली काँग्रेस र नेपाली कांग्रेसको सिदान्त मन परेर पार्टी प्रवेश गरेको बल वहादुर थापाले वताए । साथै उनले नेपाली कांग्रेसको  राष्ट्रियता लोकतन्त्र र समाजवादलाई सम्मान गर्दै पार्टी प्रवेश गरेको उनिहरुले वताएका छन्। 
 
पार्टी प्रवेश समारोहमा सम्वोधन गर्दै नेपाली कांग्रेसका पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आर्चायले नेपाली कांग्रेस सवैको पार्टी भएको हुदा सवैलाई पार्टीमा स्थान रहेको वताए। स्थानीय तथा राष्ट्रियस्तरमा जनताका काम र विकासमा पार्टी अडिक भएकोले काँग्रेस मजवुद हुदै जाने समेत वताए । साथै नव प्रवेशि कार्यक्रर्तालाई हार्दिक वधाई सहित  सदस्यता प्रदान गरी समाज सेवामा लाग्न समेत उनले आग्रह गरेका छन् ।
 
कार्य्रक्रम वडा ८ का वडा सभापति देवललाल पाण्डेको सभापतित्वमा भएको थियो । सो अवसरमा  नेपाली कांग्रेसका क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठ, नगर सभापति हिमलाल न्यौपाने सहीतका नेताहरुले वोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ