arrow

रोजगारीको कालोदिनः ईराकमा १२ नेपाली मारिएको सम्झना

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
iraq.jpeg
काठमाडौं । रोजगारीका लागि र्इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १२ बर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते इराकमा भएको हत्याकाण्डपछि आक्रोशित नेपाली र मृतकका आफन्तले काठमाडौंमा राजधानीमा रहेका मेनपावरमा आक्रण गरेका थिए ।
 
र्इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । सोही घटना पछि नेपाल सरकारले र्इराक जान प्रतिवन्ध लगाएको थियो । 
 
ईराकमै रहेर काम गर्दै गरेका सयौं युवाहरु अझै पनि ईराकमा छन् । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट अझै पनि ईराक जानेको कमी छैन । चोर बाटो अपनाएर मेनपावर कम्पनीहरुले अन्य देश हुँदै ईराक पठाउने गरेका हुन् । 
 
ईराकमा बंकरमा बसेर नै काम गर्नुपरेको पीडा सुनाउने नेपालीहरु अहिले पनि भेटिन्छन् । 
 
वैदेशिक राजगार व्यवसायी संघसंस्थाले ईराकमात्र होइन जहाँ बढी पैसा आउँछ त्यहाँ अवैध रुपमा नेपाली कामदार पठाउने गरेका छन् । 
 
तर उनीहरु भने भदौ १६ गते ठूलो क्षति भएको भन्दै कालो दिवसकै रुपमा मनाउँदै आएका छन् । काठमाडौंमा तत्कालीन समयमा तोडफोड हुँदा प्रशासनले स्थिति सम्हाल्न सकेको थिएन ।
 
सोही दिन आक्रमणमा परेको स्पेश टाइम दैनिक सदाका लागि बन्द भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ