arrow

दुई किशोरी महाकालीमा डुबेर बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
drowning.jpg

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका ८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन् ।

बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ