arrow

तनावकाबीच नेपालगञ्जमा वीरेन्द्रको शालिक राखियो

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Nepal_King_Birendra.jpg.jpeg
काठमाडौं । शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखिएको छ । विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो । 
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अहिले सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ ८०÷९० जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ भने झण्डै ३ सय जनाको संख्यामा दुबै पक्षका गरी स्थानीयहरू उपस्थित रहेका छन् ।
 
अहिले तनावकाबीच शालिक र झण्डा गाड्ने काम सकिएको छ । यस अघि पनि सो स्थानमा वीरेन्द्रको शालिक नै रहेको थियो । 
नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि अर्को पक्षले त्यसलाई रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ