arrow

दोलखा लामाबगर पहिरो : हराइरहेका ५ जना खोज्न सीडीओ, डीएसपी आफै खटिए

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Dolakha-hamrakura.jpg.jpeg
दोलखा । दोलखाको लामाबगर गाविस— ४ स्थित छेछ्योतमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने, ५ जना अझै हराइरहेका छन् । उनीहरुको खोजीका लागि जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, प्रहरी नायव उपरीक्षक रविन कार्की लगायत स्थानीय विकास अधिकारी र सेनाका उच्च पदस्थ कर्मचारी पहिरो गएको लामाबगर पुगेका छन् । 
 
पानी अझै नरोकिएको बताइएको छ । सदरमुकाम चरिकोटमा पानी नपरेपनि माथिल्लो भेकमा पानी परिरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चरिकोटको सञ्चार शाखाका अनुसार पछिल्लो पटक त्यहाँ गएको टोली संग सम्पर्क भएको छैन । त्यहाँ पुगेका प्रनाउले ५ जना हराएको जानकारी टिपाएका छन् ।  
 
४० वर्षीया पतमाया तमाङ, वर्ष २ का क्षेछाङ तमाङ, वर्ष ७० की सतमाई तमाङ, वर्ष २५ की त्रिसी तमाङ र वर्ष ४५ की मङ्गले तमाङ बेपत्ता छन् । यस्तै, एउटा बस्तीका तीन घर पहिरोले पुर्दा २१ वर्षीय बडुले तमाङ र २० वर्षीय पेममाया तामाङको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । प्रहरी मृतक दुवैको शव फेला पारेको छ । 
 
पहिरोमा परी माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा काम गर्ने सिनो हाइड्रोका चाइनिज कर्मचारी बिक्सुलियाङ घाइते भएका छन् । यस्तै, घाइत ५६ वर्षीय मीनबहादुर ठकुरीलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ