arrow

रुकुममा ११ गाउँपालिका बनाउनुपर्ने काँग्रेसको माग

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ भदौ १६ बिहिबार
nc-flag.jpg.jpeg
रुकुम। स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा गाउँपालिका बनाउनु पर्ने आवधारणा सार्वजनिक गरेको छ । काँग्रेस रुकुमको जिल्ला कार्य समितिको बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भने पनि त्यो अप्राप्त हुने भएकाले ११ वटा गाउँपालिका बनाउनु पर्ने अवधारणालाई सार्वजनिक गरेको हो । रुकुममा कति गाउँपालिका बनाउने भन्ने विषयमा कुरा नमिल्दा अझै केन्द्रमा प्रतिवेदन पठाउन सकेको छैन । 
 
नेपाली काँग्रेस रुकुमको २ दिनसम्म मुसिकोट खलंगामा बसेको बैठकले अहिले रुकुममा रहेका ११ वटा इलाकाहरुलाई नै गाउँपालिका बनाउनुपर्ने माग गरेको हो । जनतालाई सहजरुपमा सेवा सुविधा दिनको लागि अहिलेको भन्दा पनि टाठा हुन नदिन र सबैलाई संघियताको अनुभुति गराउनको लागि अहिलेका इलाकाहरुलाई नै गाउँपालिका बनाउनुपर्ने निर्णय गरेको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले बताए । 
 
६ वटा मात्र गाउँपालिका बनाउँदा स्थानीय स्तरमा एक आपसमा चर्को विवाद हुनुका साथै अहिले भोगचलन गरीरहेको वनजङगल, खानेपानी, सिंचाई लगायतमा समेत विवाद हुने र स्थानीय स्तरमा सेवा लिनको लागि पनि अलिहेको भन्दा समस्या हुने भएकाले अहिलेका इलाकाहरुलाई नै गाउँपालिका बनाउँदा सर्वसाधारणलाई सेवा सुविधा पाउन सहज हुनुका साथै विवाद नहुने र सहमति हुन पनि कुनै समस्या नहुने काँग्रेसको ठहर रहेको छ ।
 
जिल्ला सभापति प्रेम प्रकाश ओलीको सभापतित्वमा २ दिनसम्म सञ्चालन भएको बैठकमा २ वटै निर्वाचन क्षेत्र, इलाका तथा गाउँ स्तरमा पार्टीको अवस्थाको बारेमा जिल्ला सदस्य तथा क्षेत्रिय सदस्यहरुले जानकारी गरेका थिए । भने सभापति ओली, नेता एवं पूर्व राज्य मन्त्री गोपाल जिजं शाह, पूर्व सहायक मन्त्री केशरमान रोका, पूर्व जिल्ला सभापति मानबहादुर नेपाली, महासमिति सदस्य कृष्णबहादुर रोकाय लगायतका नेताहरुले समसामुहिक राजनीतिक अवस्था र पार्टीले अबका दिनमा खेल्नुपर्ने भुमिका लगायतका बारेमा आफ्नो मन्तव्य राखेको काँग्रेस रुकुमको प्रचार तथा प्रकाश विभागले जानकारी दिएको छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ