arrow

विश्वकप फुटबल छनौट: दक्षिण अमेरिकी टोलीहरुको भिडन्त, को-को छन् मैदानमा ?

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Football_South_America_WC_Qualifiers.jpeg
काठमाडौं। विश्वकप छनौट चरण खेल अन्तर्गत दक्षिण अमेरिकी टोलीहरुबीचको खेल भोलि हुँदैछ । पहिलो खेल बोलिभिया र पेरुबीच हुनेछ । खेल बिहान १:४५ बजे सुरु हुनेछ ।
 
दोस्रो खेल बिहान सवा २ बजे कोलोम्बिया र भेनेजुएलाबीच हुनेछ । त्यस्तै २:४५ बजे सुरु हुने खेलमा ब्राजिल र इक्वेडर भिड्ने छ । उच्च फर्ममा रहेका नेयमारबाट ब्राजिलले खेल जित्ने आशा गरिएको छ। 
 
चौंथो खेल भने बिहान सवा ५ बजे अर्जेन्टिना र उरुग्वेबीच हुनेछ । सर्जियो अगुइरो टिममा नपरे पनि सन्यास फिर्ता लिँदै मेसी राष्ट्रिय टोलीमा फर्किएपछि अर्जेन्टिना केही बलियो देखिएको छ । यद्धपी चोटग्रस्त रहेका मेसी भोलिको खेलमा हुने नहुने बारे अझैं स्पष्ट भइसकेको छैन ।
 
भोलिको अन्तिम खेल भने पराग्वे र चिलीबीच हुनेछ । खेल बिहान ५:४५ बजे सुरु हुनेछ । कोपा अमेरिका कप २०१५ र २०१६ को विजेता चिलीले भोलिको खेलमा पनि राम्रो गर्नसक्ने देखिन्छ ।



नयाँ