arrow
ADVERTISEMENT

छात्रालाई विद्यालय र महिलालाई काममा प्रतिबन्ध लगाएको तालिबानी शासनको एक वर्ष, आशाभन्दा निराशा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
taliban-afghanistan.jpg

काठमाडौं । सोमबार तालिबानले अफगानिस्तान सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको छ । बढ्दो गरिबी, खडेरी, कुपोषण र देशको भविष्यमा महिलाहरुले भूमिकाको आशा घटेका बेला तालिबानले सत्तामा आएको एक वर्षको उपलक्ष्यमा साना साना उत्सवहरू मनाएको छ।

युद्धभूमिका कयौं युद्धहरु पार गरी सन् २०२१ को अगस्त १५ मा तालिबानले काबुलमा मार्च गरेका थिए । सत्तामा आएको एक वर्ष पुगेसँगै सोमबार तालिबानले काबुलमा हावामा बन्दुक पड्काएका छन् भने आफ्नो कालो र सेतो झण्डा फहराउँदै भेला भएका छन् ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'यो दिन असत्यमाथि सत्यको विजयको दिन र अफगान राष्ट्रको मुक्ति र स्वतन्त्रताको दिन हो।'

कट्टरपन्थी इस्लामवादी आन्दोलनले अमेरिकी नेतृत्वमा रहेका विदेशी सेना र उनीहरूका अफगान सहयोगीहरू विरुद्ध लडिरहेको बेला भन्दा अहिले अफगानिस्तान सुरक्षित छ । यद्यपि इस्लामिक स्टेटको स्थानीय शाखाले धेरै आक्रमणहरू जारी राखेको छ ।

यद्यपि त्यो सापेक्षिक सुरक्षाले अफगानिस्तानलाई आर्थिक वृद्धि र स्थायित्वको बाटोमा लैजान तालिबानले सामना गर्ने चुनौतीको मापनलाई भने लुकाउन सक्दैन । अफगानिस्तानको अर्थतन्त्रमा ठूलो दबाब छ ।

अहिले आधा भन्दा बढी जनसंख्या लगभग २ करोड ५० लाख अफगानीहरू गरिवीमा बाँचिरहेका छन् । संयुक्त राष्ट्र संघले यस वर्ष अर्थव्यवस्था ठप्प हुँदा करिब ९ लाख रोजगारी गुम्न सक्ने प्रक्षेपण गरेको छ ।

अफगानिस्तानको अन्तिम आर्थिक वर्षमा अशरफ घानीको पश्चिमी समर्थित गठबन्धन सरकार पतन हुनु अघि सन् २०२० र २१ मा देशको ५.५ अर्ब अमेरिकी डलर बजेटको ७५ प्रतिशत सार्वजनिक खर्च विदेशी सहायताबाट निकालिएको थियो। तर संयुक्त राज्य अमेरिका बाहिरिएपछि अन्तर्राष्ट्रिय नागरिक र सुरक्षा सहायता अचानक काटिएको थियो ।

देशमा विगतमा भन्दा सुरक्षामा सुधार भए पनि छात्राका लागि विद्यालय बन्द र महिलाका लागि रोजगारीको अवसर नहुँदा निराशा छाएको छ । अमेरिकी र तालिबान अधिकारीहरूले विदेशमा जम्मा गरिएको ७ अर्ब डलर ट्रस्ट कोषमा रिहा गर्ने प्रस्तावहरू आदानप्रदान गरेका छन् । तर दुवै पक्षहरू बीच महत्त्वपूर्ण मतभेदहरू छन्। 

एउटा महत्त्वपूर्ण बिन्दु भनेको इस्लामिक कानूनको मापदण्डहरूभित्र अफगानहरूको शिक्षा र वाक् स्वतन्त्रताको अधिकार सुरक्षित गर्ने तालिवानको प्रतिबद्धता हो ।

तालिबानको शिक्षा मन्त्रालयले छात्राहरूको लागि विद्यालय खुला गर्न विभिन्न योजना बनिनसकेका कारण अहिलेसम्म खुला गर्न नसकेको जनाएको छ । केही परिवारले निजी पहलका विद्यालय एवं आफू खुशी छाेरीहरुलाई विद्यालय पठाइरहेका छन् ।

यस्तै तालिबानले गत वर्षको अगस्तमा स्वतन्त्र र निष्पक्ष प्रेसलाई स्वागत गर्ने बताएकाे थियाे। तर अर्को महिनामा यसले मिडिया निर्देशनहरूको एक श्रृंखला जारी गरेको थियो जसलाई विश्लेषकहरुले मिडियामाथिको पूर्व सेन्सरशिप भनेका थिए ।

महिला पत्रकारहरूलाई राज्य सञ्चालित सञ्चारमाध्यममा काम गर्न प्रतिबन्ध लगाइएको छ र निजी रूपमा सञ्चालित सञ्चारमाध्यमहरूमा महिलाहरु अनुहार छोपेर मात्रै उपस्थित हुन सक्छन् ।

केही प्रान्तका पत्रकारहरूले रिपोर्टिङ गर्नुअघि स्थानीय अधिकारीहरूसँग अनुमति लिनुपर्छ र मिडिया कम्पनीहरू संगीत वा लोकप्रिय साबुन ओपेरा र मनोरन्जन कार्यक्रमहरू प्रसारण गर्न प्रतिबन्धत छन् । आम्दानीको स्रोत नहुँदा कति मिडियाहरु ठप्प छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ