arrow

माग सम्बोधन नभए तिहारपछि आन्दोलन गरेर यो सरकार पनि ढाल्छौं : उपेन्द्र

यो सरकार हाम्रै माग सम्बोधनका लागि बनेको हो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ १६ बिहिबार
upendra-yadav-fnl-.jpg.jpeg
विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई गरिने कुनै पनि निर्वाचन मधेसी मोर्चालाई मान्य नहुने बताएका छन् । 
 
समाजवादी फोरमले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले सरकार गठन भएको एक महिना भइसकेकाले  मोर्चाको माग सम्बोधनका लागि संविधान संसोधन प्रक्रियालाई प्राथमिकता साथ अघि बढाउनुपर्ने बताए । 
 
उनले भने, ‘मधेश आन्दोलनमा मृत्युु भएकाहरुलाई शहीद घोषणा, आर्थिक सहायता दिने विषय सरकारले  अघि बढाएको काम सकारात्मक छ । अब संविधान संशोधन प्रक्रियालाई पनि तत्काल अघि बढाउनु पर्छ ।’
 
यादवले संविधानमा संशोधन र मधेसी आदीवासी जनजातीको समस्या समाधान गर्नका लागि नै वर्तमान सरकार गठन भएकाले आफुले गरेको सहमतिबट पछि हट्न नहुने बताए । 
 
अध्यक्ष यादवले मधेसको मुद्दा सम्बोधन नभए तिहारपछी आफनो पार्टी संसक्त आन्दोलनमा जाने र विगतको सरकार जस्तै यो सरकार पनि अल्पायुमै ढल्ने जिकिर गरे । 
 
संविधान संशोधन प्रक्रिया अगाडी नबढ्दा मधेसका जनतामा शंका छाएको सुनाए । संविधान संशोधनको विषय राजनिति कुरा भएकाले संविधान संशोधनका सवाललाई भारतसंग जोडन नहुने यादवको भनाई छ । 
 
दुई तिहाई जनताले वर्तमान संविधानलाई अस्वीकार गरेकाले संविधान संसोधनको विरोध गर्ने दलहरुलाई जनताले साथ नदिने तर्क गरे ।  संघीयता, समावेशीकरण, निर्वाचन प्रणाली तथा राजनितिक प्रतिनिधित्वका सवालमा संविधान संसोधन हुनुपर्ने यादवको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ