arrow

जातीय समूह लाइनमा आउँदै, किरात जनवादीले भूमिगत गतिविधि त्याग्यो

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
jatiye-samuh-new.jpeg
काँकडभिट्टा । पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ । 
 
झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र सङ्घर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो । 
 
भेलापछि विहिबार पार्टीका अध्यक्ष अनन्त क्रान्तिले एक विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन निर्देशन दिएका छन् ।  
 
भेलाले अनन्त क्रान्ति अध्यक्ष र हिमाल किराती महासचिव रहेको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । 
 
पूर्वमा छुट्टै किरात प्रदेशको माग गर्दै आएको वर्कर्स पार्टीको स्थापना २०६३ सालमा भएको थियो । पूर्वी पहाडमा भूमिगत सङ्गठन चलाउँदै आएको वर्कर्स पार्टीले विगत तीन वर्षदेखि नेपाल सरकारसँग शान्ति वार्तामा संलग्न भए यता सशस्त्र गतिविधि गरेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ