- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा डेङ्गी ४६ जनामा डेङ्गी रोगको संक्रमण पुष्टि भएको छ ।
बाणगंगाका विभिन्न स्थानमा गरी साउन लागे यता ४६ जनामा डेङ्गी रोगको संक्रमण पुष्टि भएको छ संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको बाणगंगाको स्वास्थ्य शाखाले जनाएको छ ।
डेङ्गी संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । नगरभित्र डेंंगुका विरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरिक्षण गरेको उनले बताएका छन् ।
नगरका चारनम्बर, पिपरा, बोडगाउँ, बनगाई लगायतका बजार क्षेत्रको अनुगमन गरिएको उनले जनाए। डेङ्गी रोगी एकाएक बढे पछि सरसफाई अभियानलाई तीव्र पार्ने गरी नगरले तयारी थालेको छ । जिल्लामा अन्य पालिका हरुमा पनि यसको पर्कोप हुन सक्ने स्वास्थ कर्मिले जनयका छन ।