arrow

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
pmpresident.jpeg
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । 
 
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिवार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । 
 
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । 
 
सो भेटमा नेपालको संविधानअनुसार आगामी २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न निर्वाचन र संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको बुझिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ