काठमाडौं । लामो समय टकरावमा रूमलिएको काठमाडौं महानगरपालिकालाई फकाउन विद्युत प्राधिकरणले पत्र पठाएको छ । एकले अर्कोलाई तिर्नबाँकी पैसा तिर्न र नतिरेको खण्डमा दुबैले आफूले सकेको गर्ने स्थितीमा पुगिरहेको बेला गत साउन १९ गते दुबै निकायबीच सम्झौता भएपछि दुई निकायबीचको विवाद केही शान्त भएको थियो ।
साउन १९ गते दुबै निकायबीच सम्झौता भएपछि गत साउन २५ गते प्राधिकरणलाई सम्झौतामा लेखिए बमोजिमको रकम(१५ करोड) तिर्न आग्रह गर्दै पत्र पठाएको थियो । चलानी नं ९८७ मा पठाएको पत्रमा महानगरले पहिले सम्झौता अनुरूप विद्युत प्राधिकरणको बक्यौता चुक्ता गर्न आग्रह गरिएको थियो ।
तर, प्राधिकरणले बिहीबार (आज) पठाएको पत्रमा ठेकेदारलाई अण्डरग्राउण्ड केबल जोड्न आवश्यक पैसा समयमा नै बुझाउनु पर्ने र सो को लागि तालुक निकायमा लेखी पठाएको भएपनि समयमा नै उक्त रकम नआएकोले अण्डरग्राउण्डको काम सकिएपछि मात्रै पैसा तिर्न सकिने जनाउ दिईएको छ । चलानी नं २ सय ५२ मा पठाईएको उक्त पत्रमा उक्त कार्य म्पिन्न भएपछि रकम जम्मा गर्ने गरी कार्य अगाडि बढाउन जानकारी तथा अनुमतिका लागि आग्रह गरिएको छ भनेर स्वीकृति माग गरिएको छ ।
यस विषयमा महानगरपालिकाले काममा अवरोध गर्न चाहेको खण्डमा अवरोध गर्न सक्नेदेखेपछि प्राधिकरणले महानगरपालिकालाई फकाउनको लागि पनि यस्तो पत्र पठाएको हुनसक्ने प्राधिकरण स्रोतको दाबी छ ।