arrow

जुम्लामा अत्याधुनिक चाइनिज हतियार सहित ५ जना पक्राउ (नामावलीसहित)

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
gun-123.jpeg
जुम्ला । जुम्लामा अत्याधुनिक हतियार सहित ५ जना पक्राउ परेका छन् । 
 
प्रहरीले वुधबार राति विशेष सुराकीका आधारमा लुटपाटमा संलग्न पाँच जनालाई अत्याधुनिक हतियार सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको साथबाट ७० हजार नगद समेत बरामद भएको प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए । 
 
जुम्लाको बुम्रमाडी चौरबाट एकथान चाइनिज पेस्तोल र त्यसमा लाग्ने गोली ३ राउण्ड, एकथान आधुनिक एसएमजी र त्यसमा लाग्ने गोली ७ राउण्ड सहित उनीहरु पक्राउ परेको प्रनाउ कोइरालाले बताए । 
 
उनले भने, ‘अनुसन्धान भइरहेको छ । थप हतियार हुन सक्ने अनुमानमा गस्ती बढाइएको छ ।’ पछिल्लो समय चोरी र लुटपाटका घटना पनि बढेका छन् । 
 
पक्राउ पर्नेको नामावली 
जुम्ला मालिकाथाता –४ का ३२ वर्षीय मनबहादुर बोहरा 
जुम्ला धापा घोडेङ्गा –६ का ३२ वर्षीय अशोक तिरुवा
जुम्ला गज्याङकोट – २ का बिर बहादुर परियार 
मुगु जीमा –३ का २५ वर्षीय गोविन्द टमाटा
मुगु कोटदाडा –८ का ३१ वर्षीय बल बहादुर कार्की



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ