arrow

नियोकको मधेस संयोजकमा वरिष्ठ पत्रकार साह चयन

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ भदौ २ बिहिबार
kamal-sah-journalist.jpg

जनकपुरधाम । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मधेस प्रदेश संयोजकमा खोजबिन साप्ताहिकका कमल साह सर्वसम्मतिबाट चयन भएका छन् । नियोकका मधेस प्रदेश संयोजक डा. रामचरित्र साहको अध्यक्षतामा आयोजित बैठकबाट वरिष्ठ पत्रकार तथा खोजबिन साप्ताहिकका सम्पादक कमल साहलाई संयोजक पदमा सर्वसम्मतिबाट चयन गरिएको जनाएको छ । 

सो बैठकले वरिष्ठ पत्रकार साहको संयोजकत्वमा नौ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ । त्यस कमिटीको उपसंयोजक पदमा डा. उद्येश्वरलाल दास (धनुषा), सचिवमा अनिता यादव (सिरहा) र कोषाध्यक्षमा वरिष्ठ पत्रकार अर्जुन क्षेत्री (धनुषा) बाट चयन भएका छन् ।

त्यस्तै सदस्य पदमा चयन हुनेहरुमा कैलाशप्रसाद (सप्तरी), अधिवक्ता अरुण कुमार यादव (धनुषा), संतोष साह (महोत्तरी), पुजा यादव र जगरनाथ यादव (धनुषा) रहेका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति स्थापना मुलुकमा हुने स्थानिय, प्रदेश सभा र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको निर्वाचन निष्पक्ष तथा धाँधलीरहित बनाउने उद्धेश्यबाट स्थापना भएको हो ।

संसदीय र प्रदेश स्तरीय निर्वाचन मंसिर ४ गते हुने घोषणा भएसँगै नियोग केन्द्रिय समितिले जिल्ला तथा प्रदेश स्तरीय समितिहरुलाई चुस्त दुरुस्त बनाउनको लागि चालेको कार्यक्रम अन्तर्गत मधेस प्रदेश कार्यसमिति साउन ३१ गते पुनर्गठन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ