arrow

दशैंको लागि ग्यासको भाउ घट्यो, पेट्रोलियमको भाउ यथावत

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Nepal-Oil-Negam.jpg.jpeg
काठमाडौं । नेपालीहरूको महान चार्ड दशैं तथा तिहारको उपलक्ष्यमा नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ । बिहीबार निगमले ग्यास प्रतिसिलिण्डरमा ५० रूपैयाँ घटाउने निर्णय गरेको निगमका प्रवक्ता भानु खनालले जानकारी दिए । 
 
दशैंको लागि ग्यासको मूल्य कमगर्न आपूर्ति मन्त्री दिपक बोहोराको निर्देशन पाएपछि निगमले मूल्य समायोजन गरेको हो । ‘दशैंको आसपासमा मात्रै मूल्य समायोजन गर्नुभन्दा अहिलेदेखि नै समायोजन गर्दा उपभोक्ता पनि सुविधामा पर्ने भएकोले यस्तो गरेका हौं’ खनालले भने । उनका अनुसार दशैं पछि पनि अन्तराष्ट्रिय बजारमा अप्रत्यासित रूपमा ग्यासको भाउ नबढेको खण्डमा ग्यासको भाउ नबढाईने पनि उनले जानकारी दिए । यो व्यवस्था भोलि(शुक्रबार)देखि नै लागू हुने छ । 
 
उता, निगमले पेट्रोलियम पदार्थको मूल्यमा भने समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको भएपनि मूल्य समायोजन नभएको पनि निगमले जनाएको छ । अब १६ तारिकसम्म मूल्य समायोजन नहुने निगमको भनाई थियो । १५ दिन पछि पनि मूल्य धेरै बढेर आयो भने मात्रै समायोजन गरिने पनि खनालले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ