arrow

संस्थागत क्षमता सुचांक गोष्ठि सम्पन्न

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ भदौ १६ बिहिबार
bhajang.jpeg
बझाङ ।आफने साँझेदार सस्थाको क्षमता विकासका लागी अन्तराष्टिय संस्था मर्सीकोर अन्तर्गत पहल कार्यक्रमले दुई दिने संस्थागत क्षमता सुचांक गोष्ठि सम्पन्न भएको छ । बझाड सदरमुकाम चैनपुरमा गरेको दुई दिने गोष्टिमा पहल कार्यक्रमको  साँझेदार संस्था सामाजिक विकास तथा प्रविधिक सेवा समुह संस्थाको क्षमता सुचांक गरेको छ ।
 
सो गोष्ठिले गैर सरकारी संस्थाको संस्थागत विकासमा जोड दिएको छ । दुई दिन सम्म संचालन भएको गोष्टिमा संस्थाको नेतृत्व, कार्यक्रम संचालन गर्ने तरिका , सरोकारवाला संगको सम्पर्क , प्रशासनिक व्यवस्थापन, र संस्थाको बैधता सम्वन्धि अनलाईनबाट संस्थागत रुपमा जानकारी   लिएको थियो । संस्थाको ओसीआइ अनतर्गत व्यक्तिगत र सामुहिक धारणा राखेर भावी योजना बनाएको छ । गोष्टिमा संस्थाका पदाधिकारी सहित परियोजनाका प्रमुखहरु रहेका थिए ।
 
पहल कार्यक्रमका क्षेत्रिय सुशासन अधिकृत विश्वमणी खनालले सहजकिरण गरेको कार्यक्रममा सस्थाका अध्यक्ष रमेश रोकायाले सुचांक  गोष्टिवाट आफ्नो संस्थाको वर्तमान अवस्था र भावी दिनमा सुधारको योजना बनाउन सफल भएको वताए ।
 
बझाड जिल्लामा सामाजिक विकास तथा प्राविधिक समुह गैर सरकारी संस्थाले जिल्लाको विकासको लागी प्रमुख भुमीका खेल्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ