arrow

प्रतिनिधि सभा निर्वाचन–२०७९

यस्तो छ कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ सहितको तीन चरणको चुनावी अभियान [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
prakashsharan-mahat-congress-press-meet-2079-05-4.jpg

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई केन्द्रित गरेर भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले वीपी कोइरालाको जन्मजयन्तीको सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने जानकारी महतले दिए । 

सो क्रममा प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्ने गरी सिटमा दाबी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरेका छन् । त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ