arrow

एनआइसी एसियाले उदयमान क्रिकेटर राजु र प्रेमलाई मासिक २० हजार दिने

दुई वर्ष सम्मको प्रायोजन सम्झौता

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
raji-ra-pream-new.jpeg
काठमाडौं । एनआइसी एसिया बैंकले उदयमान युवा क्रिकेट खेलाडी राजु रिजाल र प्रेम तामाङलाई प्रायोजन गरेको छ ।
बैंकले विहिबार एक विज्ञप्ति जारी गर्दै खेलाडीद्वय रिजाल र तामाङलाई दुई वर्ष सम्म मासिक २० हजार उपलब्ध गराउने गरी  प्रायोजन गरेको निर्णय सार्वजनिक गरेको हो ।
 
यु–१९ टोलीका कप्तान रहिसकेका रिजाल र अलराउण्डर तामाङले राष्ट्रिय टोलीबाट समेत क्रिकेट खेलिसकेका छन् । 
प्रायोजन सम्बन्धि अलग–अलग सम्झौतामा खेलाडीद्वय राजु रिजाल र प्रेम तामाङ तथा बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसालले हस्ताक्षर गरेका छन् । 
 
प्रतिभावान् युवा खेलाडीद्वयले आफ्नो खेल अभ्यासलाई अझ तिखार्न सकुन् भन्ने उद्देश्यले नेपाल क्रिकेट संघको सक्रियतामा बैंकले खेलाडीद्वयलाई प्रायोजन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
उनीहरुलाई बैंकले खेल सामग्रीका लागि समेत थप सहयोग गर्ने समेत प्रतिवद्धता गरेको छ ।  



नयाँ