arrow

मित्र प्रदीप गिरीजीको निधनले निकै स्तब्ध छु : प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
deuba.PNG

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनको खबरले स्तब्ध भएको बताएका छन् । आइतबार बिहान ट्विट गर्दै देउवाले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका हुन् । 

उनले लेखेका छन् ,' नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'

No description available.

साथै कांग्रेस नेता रामचन्द्र पौडेलले गिरिको अभाव कांग्रेसले पूर्ति गर्न नसक्ने बताएका छन् । उनले भनेका छन्,' पदको लोभ नराखी विचारको राजनीति गर्नभयो । कांग्रेसलाई प्रेरणा दिनुभयो । यो अभाव कांग्रेसले पूर्ति गर्न सक्दैन ।' 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ट्विटरमा 'अलबिदा प्रदीप गिरी दाइ ! तपाईँको अभाव सधैँ खट्किरहने छ !' लेखेका छन् । 

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले 'एउटा विश्वविद्यालय जो आजबाट सदाका लागि बन्द भयो !' भनी ट्विट गरेका छन् । 

 कांग्रेस नेता प्रदीप पौडेलले 'अलबिदा प्रदीप गिरी दाइ' लेखेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

भारतमा घाँटीको क्यान्सरको उपचार गरी नेपाल फर्किएका गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको हो । 

९ बजेदेखि ११ बजेसम्म गिरीको पार्थिव शरीर , ललितपुरको शिवालय र ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म पार्टी  कार्यालय मा राखिनेछ भने आजै गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ