arrow

होटल व्यवसायी महासङ्घको अध्यक्षमा फेरि पनि अमृत भुजेल

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
amrit_bhujel_1421568699.jpeg
रत्ननगर । होटल व्यवसायी महासङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट पुनः अमृत भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा भुजेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 
 
अध्यक्षका प्रत्यासी भनिएका हिराध्वज शाह समूहले महाधिवेशन बहिष्कार गरेर हिँडेपछि भुजेल समूहको निर्विरोध रुपमा नयाँ समिति बनेको हो । 
 
अध्यक्ष भुजेलले एकलौटी रुपमा सदस्यता वितरण गरेको अरोपमा शाह समूहले महाधिवेशन बहिष्कार गरेको थियो । सोही विवादका कारण महाधिवेशन एक दिन लम्बिएको हो । 
 
महासङ्घको वरिष्ठ उपाध्यक्षमा श्रीराम गिरी, प्रथम उपाध्यक्षमा पदमलाल अवस्थी, द्वितीय उपाध्यक्षमा निर्मला कार्की, महासचिवमा उदयनारायण सापकोटा र उपमहासचिवमा अर्जुन चोखाल निर्वाचत भए । ५३ जनाको कार्यसमिति चयन गर्दै महाधिवेशन सकिएको हो । 
 
महाधिवेशनले सचिवमा महेन्द्र प्रधान, सन्तोष उप्रेती र थीरमञ्जन बटलालाई निर्वाचित गरेको छ । कोषाध्यक्षमा शिवबहादुर पुलामी र सहकोषाध्यक्षमा बाबुराम न्यौपाने निर्वाचित भए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ