इरानले केही माग छाेडेपछि 'आणविक सम्झौता' अघि बढ्यो
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
901
Shares
काठमाडौं । इरानले तेहरानको आणविक कार्यक्रममा लगाम लगाउन सम्झौताको पुनरुत्थान गर्न खोज्ने क्रममा आफ्ना केही मुख्य मागहरू छोडेको छ ।
अन्तर्राष्ट्रिय निरीक्षकहरूले आफ्नो आणविक कार्यक्रमको केही अनुसन्धानहरू बन्द गर्न गरेको आग्रहलाई इरानले मान्ने भएपछि सम्झौताको सम्भावना नजिक पुगेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परित्याग गरेको र वर्तमान राष्ट्रपति जो बाइडेनले पुनर्जीवित गर्न खोजेका इरानसँगको २०१५ को आणविक सम्झौतालाई फिर्ता ल्याउन युरोपेली संघले प्रस्ताव गरेको मस्यौदा सम्झौतामा संयुक्त राज्यले चाँडै प्रतिक्रिया दिने लक्ष्य राखेको छ।
विषयको संवेदनशीलताका कारण नाम न छाप्ने सर्तमा ती अधिकारीले रोयटर्ससँग बोल्दै तेहरानले वाशिंगटनले छुट दिएको भन्दै आए पनि इरानले आफ्ना केही प्रमुख मागहरू त्यागेको बताएका छन् ।
'उनीहरू गत हप्ता आए र सम्झौताका मुख्य ह्याङ्ग अपहरू छोडेका छन्,' ती अधिकारीले भने।
'हामीलाई लाग्छ कि उनीहरूले अन्ततः रुबिकन पार गरेका छन् र राष्ट्रपति बाइडेनले स्वीकार गर्न सक्ने सर्तहरूमा सम्भवतः सम्झौतामा फर्कने दिशामा अघि बढेका छन्,' अधिकारीले अघि भनेका छन्,'यदि हामी आज नजिक छौं भने यो इरान अघि सरेकाले हो । तिनीहरूले सुरुदेखि समात्दै आएका मुद्दाहरूमा स्वीकार गरे।'
इरानको विदेश मन्त्रालयले तत्काल यस बिषयमा कुनै टिप्पणी गरेको छैन् ।