arrow

कालोबजारी रोक्न दवाव दिने ११ विद्यार्थी संगठनको निर्णय, अरू के के भए ?

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
Joint-student-meeting.jpeg
काठमाडौं । काठमाडौंमा ११ विद्यार्थी संगठनको संयुक्त बैठक सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघको आह्वानमा काठमाडौंको बागबजारस्थित नेविसंघ केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले चार्डपर्वमा देखिने कालोबजारी रोक्नको लागि सरकारलाई दवाव दिने निर्णय गरिएको नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए। छलफलबाट ३ बुँदे निर्णय भएको छ। तोकिएको मितिमा नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन सबै विद्यार्थी संघठनहरू खुल्ला छलफल र सहकार्यबाट अघि बढ्ने निर्णय गरिएको छ। स्ववियू निर्वाचन आगामी फल्गुन १४ गतेको लागि तोकिएकोमा यसलाई तोकिएकै मितिमा सम्पन्न गराउन सबै कसरतहरू गर्ने निर्णय गरिएको हो ।
 
त्यस्तै दोस्रो बुँदामा विद्यार्थी आन्दोलनबाट हालसम्म प्राप्त उपलब्धी कार्यान्वयन र विद्यार्थी आन्दोलनको रचनात्मक रूपान्तरण सहितको लागि आगामी कार्यदिशा निर्माण गरी सम्पूर्ण संगठन सम्मिलित एक कार्यदल गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै तेस्रो बुँदामा चार्डपर्व नजिकिँदै गर्दा उपभोग्य बस्तु र यातायातका साधनहरूमा देखिएको मुल्यबृद्धि, कालोबजारी र अस्तव्यस्तताहरूलाई निराकरण गर्दै सुव्यवस्था कायम गराउनको लागि सरकारलाई दबाब दिने र भूकम्प तथा बाढी पहिरोपहिरोबाट प्रभावितलाई द्रुततर गतिमा राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरिएको उपाध्यक्ष सुवेदीले जानकारी दिए ।
 
बैठक नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा भएको थियो। बैठकमा अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), विप्लव माओबादी समर्थित अनेरास्ववियू (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अनेरास्वपवियू छैटौं, माले निकट अनेरास्ववियू, मधेशी विद्यार्थी मञ्च, संघीय समाजवादी विद्यार्थी फोरम लगायतका प्रतिनिधि उपस्थित थिए । 
 
नेविसंघमा लामो समय पछि नयाँ नेतृत्व आएसँगै नेविसंघको अघुवाईमा सामाजिक उत्तरदायित्व एवं विद्यार्थी हक हितको पक्षमा छलफल गर्नको लागि स‌युक्त विद्यार्थी संघको बैठक बोलाईएको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ