arrow

एकिकृत सम्पति कर बढेकोमा ध्यानाकर्षण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
municipallity-waling.jpeg
(वालिङ) स्याङ्जा। वालिङ नगरपालिकाले आर्थिक बर्ष २०७३/०७४ बाट लागु हुनेगरी एकिकृत सम्पति करको दायरा बढाएको प्रति ध्यानाकर्षण गरिएको छ। नगरपालिकाका पुर्व नगर प्रमुख भोजराज अर्यालको नेतृत्वमा गएको एक टोलीले कार्यालयमा पुगेर ध्यानाकर्षण गरेको हो । २०५६ सालबाट वालिङ नगरपालिकाले एकिकृत सम्पति कर लागु गर्दै आएको छ। हरेक पाँच बर्षमा करको दायरा बढाउनुपर्ने नीति अनुरुप कर बढाईएको नगरपालिकाले जनाएको छ। 
 
नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलाई भेटेर टोलीले सुझाव सहित यो आर्थिक बर्षबाट लिइने करमा पुनरावलोकन गर्न समेत आग्रह गरेको छ। टोलीले घर नक्सा पास, सडकको मापदण्डका बारेमा समेत ध्यानाकर्षण गरेको छ। नगरपालिकाको भौगोलिक, आर्थिक र सामाजिक अवस्था नहेरी करको दायरा बढाउदा नागरिक मर्कामा पर्ने देखियो पुर्व मेयर अर्यालले भने, “मालपोतको आधारलाई हेरेर करको दायरा बढाउन हुदैन।” नगरका अगुवाहरु सगँ छलफल नै नगरी बढाइएको कर मान्य नहुने समेत अर्यालले थपे। गएको आर्थिक बर्षमा भन्दा यो आर्थिक बर्षमा करिव एक हजार गुणा करको दायरा बढाइएको टोलीको ठहर छ।
 
नगरपालिकामा अझै पनि ग्रामिण बस्ती रहेकाले उनीहरुको आर्थिक र जग्गाको मुल्य पनि कमजोर भएकोले सबै नागरिकलाई एउटै दायरामा ल्याउदा कमजोर नागरिक मर्कामा पर्ने अर्यालले बताए । नगरपालिकाले कुनै पनि विषयमा पुर्व जनप्रतिनिधिलाई समेत छलफलमा नवोलाउनु दुःखद पक्ष रहेको सहभागीहरुले बताएका छन्।
 
यता वालिङ नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले पुर्व मेयर सहित आएको टोलीले सकरात्मक सुझाव दिएको बताएका छन्। स्वायत्त शासन ऐन अनुरुप नै नगरपालिकाले हरेक पाँच बर्षमा करको दायरा बढ्ने भएकाले नीतिगत नै बढेको बताएका छन्। मालपोत कार्यालयले तोकेको मापदण्ड अनुरुप एकिकृत सम्पति करको दायरा बढाएका हौं कार्यकारी अधिकृत पोखरेलले भने,“यस बिषयमा भदौ २७ गते हुने दलहरु सहितको बैठकमा यो विषय राख्ने छु।”सबै नागरिकको सुझावलाई लिएर आफु अगाडी बढ्ने प्रतिवद्धता समेत पोखरेलले गरे।
 
यो जनताको कार्यालय भएकाले जनताकै सुझाव अनुसार कार्यालयले काम गर्ने पोखरेलको भनाई थियो। टोलीले २७ गतेको दलिय बैठक पछि मात्रै यस बिषयमा छलफल गर्ने जनाएको छ। सकरात्मक रुपले अगाडी बढ्ने कोशिस नभएमा फरक खालको आन्दोलन हुन सक्ने सहभागीहरुले बताएका छन्। टोलीमा करिव २० जना नगरपालिकाका अगुवाहरुको सहभागिता रहेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ