arrow

महिला संघको महाधिवेशनमा सिटौला समूहको अलग तयारी, के भयो हार्दिकमा

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
women-meet-krishna-dai.gif
काठमाडौं । महिला संघको निर्वाचन लक्षित बिभिन्न भेलाहरु आयोजना हुने क्रम बढेको छ । नेपाल बिद्यर्थी संघको महधिवेशनमा देखिएका समूहहरु देउवा, रामचन्द्र तथा सिटौला समूहहरु नै महिला संघको नेतृत्व हात पार्न अधिवेशनलाई लक्षित गर्दे तीज लगायतका कार्यक्रम आयोजना गर्न थालेका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशनको पूर्व सन्ध्यामा सिटौला समूहले तीज बिशेष कार्यक्रम आयोजना गरेको छ । काठमाडौको हार्दिक होटलमा भएको तीज कार्यक्रममा सिटौला समूहका काठमाडौ उपत्यका भित्र रहेका केन्द्रीय तहका तथा बिभिन्न जिल्लाका नेतृको सहभागि भएर सम्बोधन गरिरहेको कार्यक्रम स्थलबाट शिव हुमगाईले जानकारी दिएका छन् ।
 
नेपाल महिला संघको तेस्रो महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुँदैछ। अधिवेशनमा आफ्नो पकड जमाउन सिटौला समूहले केही समय अघि नै गृहकार्य गरिरहेको छ। केही दिन अघि सिटौला समूहले आफ्नै निवास चण्डोल (चप्पलकारखाना) मा गरेको भेला पछि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ।
  
भेलामा सहभागि महिला संघकी केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक मालती सोडारीले अवको महिला संघको महाधिवशेनमा ससक्त भएर लाग्नुपर्ने बताइन्। तीज कार्यक्रमले एक अर्कामा सदभाव बढाएको प्रमूख अथिति सांसद अशोक कोइरालाले बताए।
 
कार्यक्रममा महिला संघका महिला नेतृहरु धना खतिवडा, राजन बिश्वकला, जिल्ला सभापतिहरु बाजुराका सभापति जुना धामी, जाजरकोटका सभापति मैना कार्की, गोरखाका सभापति मन कुमारी गुरुङ, अर्खाखाचीका सभापति अनिता ज्ञवाली, सिन्धुलीका सभापति शुशिला थिङ लगायतले सम्बोधन गरेका थिए। सयौको संख्याका महिलाहरु सहभागि भएको बताइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ