arrow

सिन्धुली तरुण दलको तिनै क्षेत्रमा जनजाती नेतृत्व

सभापतिमा निर्वा्चित सुजन, सुरेश र विक्रम

logo
राजन परियार,
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
tarun-dal.jpeg
सिन्धुली। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको क्षेत्रिय अधिवेशन विहिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ। अधिवेशनमा मार्फत क्षेत्रिय सभापति पदमा तिनवटै क्षेत्रमा जनजाती युवा नेतृत्वमा पुगेका छन। 
 
क्षेत्र नं.१ मा सुजन थापामगर, क्षेत्र नं.२ मा सुरेश थापा मगर र क्षेत्र नं.३ मा विक्रम घलान निर्वा्चित भएका छन्। अधिवेशन मार्फत क्षेत्र नं.१ को उपसभापतिमा रमेश खत्री, सचिवमा कमल थापा र कोषाध्यक्षमा जानुका गौतम निर्वा्चित भएका छन् । 
 
क्षेत्र नं.२ को उपसभापतिमा सुर्य वहादुर श्रेष्ठ, सचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा महेश आचार्य  निर्वाचत भएका छन् भने क्षेत्र नं.३ को उपसभापतिमा अर्पण वम्जन, सचिवमा सुवास राई र कोषाध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचत भएको नेपाल तरुण दल सिन्धुलीले जनाएको छ । 
 
क्षेत्र नं १ र २ को सभापति सर्वसम्बत चयन गरिएको थियो भने क्षेत्र नं. ३ मा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको थियो । सभापतिमा निर्वा्चित घलानले ४३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी सोम वहादुर तमाङ्गले ३६ मत प्राप्त गरेका थिए। 
 
आज तरुण दलको जिल्ला अधिवेशन हुँदैछ। जिल्ला अधिवेशन मार्फत हुने नेतृत्व चयनमा सभापतिको लागी र सचिबको लागी थुप्रै आकांक्षीहरु रहेकाले सहमति नहुने देखिएको छ । 
उद्घाटन सत्र सम्पन्न पश्चात जिल्ला सभापति, सचिब लगायत अन्य पदका लागी निर्वाचन शुरु हुने निर्वाचन समितिका सदस्य सुमन कोइरालाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ