arrow

भारतीय सांसदले नेपालको कुरा गर्दा राज्यसभा बैठक स्थगित, अर्को बैठकमा विस्तृत छलफल हुने

logo
प्रकाशित २०७२ मंसिर १७ बिहिबार
काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल–भारत सम्बन्धबारे बहस सुरु हुनासाथ बैठक स्थगित भएको छ । बुधबारबाट नेपालका विषयमा भएको बहसका लागि एक घण्टाको समय छुट्याईएपनि त्यो समय अपुग भएको भन्दै सांसदहरुले अवाज उठाएपछि अब बिहीबार कम्तीमा पनि तीन घण्टासम्म नेपालका विषयमा छलफल हुनेछ ।

बहसको शुरुमा विदेशमन्त्री सुष्मा स्वराजले नेपालको परिस्थितिबारे लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभामुख पीजे कुरियनले बीचैमा रोकेपछि स्वराजले प्रतिवाद गरेकी थिईन् । विदेशमन्त्री स्वराजको लिखित मन्तव्य सबै सांसदको हातमा पुगिसकेको भन्दै उपसभामुखले रोकेपछि ‘‘यसोभए यो पढे सरह भयो’ भन्दै मन्त्री स्वराज बसेकी थिईन् । 

राज्यसभामा ध्यानाकर्षण पत्र दर्ता गराएका जीडीयूका सांसद पवनकुमार बर्माले समय माग्दै नेपालमा तेल र खाना पकाउने ग्यासको अभाव रहेको र नेपालको अवस्था संकटपूर्ण रहेको भन्दै संविधान जारी हुँदा विदेशमन्त्री स्वराजले दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए।

प्रत्येक सांसदलाई तीन मिनेट बोल्न निर्धारित समय दिए पनि बर्माले तीन मिनेटमा नेपालबारेको कुरा राख्न सकेनन् । उनले बोलिरहँदा उपसभामुखले समय सकिएको जनाउ दिएपछि होहल्ला भएको थियो । विदेशमन्त्री सुष्माले आफुले सांसदहरुको भावनाको कदर गर्ने, यो तीन–तीन मिनेटमा बहस गरेर सकिने विषय नभएकोले लामो समय चाहिने बताएकी थिईन् । परराष्ट्रमन्त्री स्वराजले सोमबारको मिति प्रस्ताव गर्दै साढे ३ घन्टाको साटो ४ घन्टा छलफल गर्न आग्रह गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ