arrow

कैलाली ५ बाट चुनाव लड्छु – प्रदेश महामन्त्री शाह

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ भदौ १३ सोमबार
nara-narayan-shah-congress.jpg

धनगढी । नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश महामन्त्री तथा कैलाली जिल्लाका निवर्तमान पार्टी सभापति नरनारायण शाहले कैलाली क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । 

कांग्रेस प्रदेश महामन्त्री शाहले आफू कैलाली क्षेत्र नम्बर ५ को संघीय प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने बताउँदै निर्वाचन पनि जित्ने दाबी गरेका छन् । उनले भने, ‘यस क्षेत्रका मतदातासँग राम्रोसँग भिजेको र आफू कैलाली जिल्लाको १० वर्ष पार्टी सभापति पदमा रहँदा मलाई जनताको सेवा गर्ने अवसर मिलेको थियो । फेरि पनि यस क्षेत्रका जनताले मलाई माया गरेरै संघीय प्रतिनिधि सभाको निर्वाचनमा जिताउनेमा पूर्ण विश्वास छ ।’

उनले अगाडि भने, ‘म कैलाली कांग्रेस संगठनमार्फत् जनतासँग प्रत्यक्ष भिजेको छु । धैर्य, निष्ठा र इमान्दारीताको राजनिति गरेको छु  । यस क्षेत्रका जनताले पनि मलाई विश्वास गर्ने र  यो क्षेत्रबाट चुनाव जित्नेमा आशावादी छु ।’

‘म यहाँका जनतासँग भिजिसकेको छु । त्यसैले म चुनाव लड्छु’, महामन्त्री शाहले भने । लामो समयदेखि कांग्रेसमा जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मकै लागि उल्लेख्य योगदान दिँदै आएका युवा नेता शाहले उम्मेदवारी दिने भएका हुन् । खासगरी पार्र्टी सङ्गठन र प्रदेश एवं जिल्लामा उनले दिएको योगदानलाई लिएर प्रतिनिधिहरूले नेता शाहलाई संघीय प्रतिनिधि सभाको निर्वाचनका लागि योग्य उम्मेद्धार रहेको बताउँदै आएको नेता शाहले दाबी गरे ।  

शाह कांग्रेसका लागि योगदान दिने परिवारका तेस्रो पुस्ताका नेता हुन् । शाहका हजुरबुबा स्वर्गीय लोकेन्द्रबहादुर शाह सुदूरपश्चिम कांग्रेसका संस्थापक सभापति हुन् । कैलाली र कञ्चनपुर जिल्ला एउटै निर्वाचन क्षेत्र हुँदा विसं २०१५ मा नेता शाह क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए ।

उनी २०१५ मा कैलाली र कञ्चनपुरका ९ एउटै क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए । त्यस्तै नेता नरनारायण शाहका बुबा स्वर्र्गीय मोहनबहादुर शाह कैलाली कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समिति कैलालीका सभापति रहेका थिए । 

हजुरबुवा र बुबाको योगदानलाई सम्झिँदै नेता नरनारायण शाह कांग्रेसलाई थप बलियो बनाउने र समाजसेवा गर्ने प्रणका साथ राजनीतिमा होमिएको बताए ।  

लगातार दुई कार्यकालमा जिल्ला सभापति भइसकेका नेता नरनारायणले गुटरहित सङ्गठन बनाउन सफल भएका थिए ।

जोसँग सपना छ जो सपना बोकेर सपना प्राप्तिका लागि लडिरहन्छ आफू उसैको पक्षमा रहने नेता शाहले बताए । 

कोभिड १९ को महामारीको बेलासमेत शाहले पार्टी एवं आफ्नो पक्षबाट महामारी नियन्त्रणका लागि उल्लेख्य काम गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ