arrow

बालकृष्ण खाँडको रुपन्देही तरुण दलमा विवाद, पौडेल पक्षद्धारा समानान्तर समिति गठन

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
tarun-dal.jpeg
भैरहवा। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रुपन्देहीको चौथो अधिवेशनमा धाँधली भएको भन्दै पौडेल पक्षले निर्वाचन वहिष्कार गरेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर तरुण दलका कार्यकर्ताहरुले अधिवेशनमा धांधली भएको, निर्वाचन समितिले एकपक्षिय निर्णय गरेको, निर्वाचन समिति वनाउदा आफ्ना मान्छे राखेको, एक हजार भन्दा धेरै फारम भरेका कार्यकताको फारम गायव वनाई आफ्नामात्र प्रतिनीधी हालेका भन्दै शुसिल गुरुङ्गको अध्यक्षतामा  जिल्ला कार्य समिति घोषणा गरेका छन। नेपाली काग्रेस रुपन्देहीका पौडेल पक्षका नेता अष्ठभुजा पाठकको आतिथ्यतामा नयां कार्यसमिति पत्रकार सम्मेलन गरेर घोषण गरीएको छ। पौडेल पक्षले बिभिन्न फर्जि मतदाता बनाएको, आफ्ना पक्षका मतदाताहरुको नाम हटाई देउवा पक्षले आफ्ना ब्यक्तिहरुलाई प्रतिनिधि बनाएको लगायतका आरोप लगाएका छ।
 
यस सम्बन्धि वार्ता गर्न वार्ता टोली पनि गठन भएको अवस्माथा वार्ता नै नगरि सिधै निर्वाचनमा गएको हुदा आफुहरुले निर्वाचन बहिष्कार गरेको तरुण दलका चिरन्जिवी पौडेलले प्रेस बिज्ञप्ती जारी गरि बताए। एकोहोरो ढङ्गबाट निर्वाचन गरिएको कारण आफुहरुले निर्वाचन बहिष्कार गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । नेपाल तरुण दलका शुशील गुरुङले एक पक्षीप ढंगले पेल्ने क्रम चलिरहेकाले आफुहरुले वाध्य भएर युवाका पक्षमा र नेपाली काग्रेसको संगठनलाई मजवुद वनाउनका लागि यो कदम चालिएको वताए।
 
नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले पौडेल पक्षधरहरु हार्ने डरका कारण बिभिन्न बितण्डा मच्चाएको बताए । उनले उम्मेदवारी समेत दर्ता गरि उम्मेदवारको सुचिमा नाम आई सकेको अवश्थामा सो समूह बाहिरिएको बताए ।
 
यता नेपाली कांग्रेसको पार्टी कार्यालयमा सम्पन्न नेपाल तरुण दलको चौथो रुपन्देही जिल्ला अधिवेशनमा सोम बहादुर गुरुङ्ग ३ सय ४४ मतले बिजयी भएको निर्वाचन समितिले जनाएको छ । गुरुङ्गका प्रतिद्धन्द्धी पोषराज चापागाई अर्को पक्षले बनाएको कार्य समितिमा उपाध्यक्ष पदमा रहेका छन ।
 
यसै गरि उपाध्यक्षमा दिनेश भट्टराई ३ सय ३९ मत प्राप्त गरि बिजयी भएका उनका प्रतिद्धन्द्धी जित बहादुर मौर्य पनि अर्को समानान्तर समितिका सह सचिवमा चयन भएका हुन । सचिव पदमा पनि देउवा पक्षका रमेश बहादुर शाही ३ सय ४२ मत ल्याई बिजयी भएका छन् । उनका प्रतिद्धन्द्धी चुरामणि भुसाल निर्वाचन बहिष्कार गरेका अर्को समितिमा पनि सचिव पदमै मनोनयन भएका छन् । कोषाध्यक्षमा पनि देउवा पक्षकै बासुदेव बस्याल ३ सय ३९ मत ल्याई बिजयी भएको निर्वाचन अधिकृत डा. बुद्ध बहादुर थापाले बताए । उनका प्रतिद्धन्द्धी होम प्रसाद ढकाल पनि सामानान्तर समितिको कोषाध्यक्ष पदमै चयन भएका छन् ।
 
दलित कोटामा महाधिवेशन प्रतिनिधिको लागि पनि देउवा पक्षकै पूर्ण बहादुर बिक ३ सय १५ मत ल्याई बिजयी भएका छन् । उनका प्रतिद्धन्द्धी पदम मिजारले पौडेल पक्षको तरुण दलको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। केन्द्रिय पार्षदमा बिजेश न्यौपाने २ सय ८६ र रमेश खनाल ५२ मत ल्याई बिजयी भएका छन् ।
 
यता रामचन्द्र पौडेल पक्षले भने केन्द्रिय पार्षदको रुपमा चिरन्जीवी पौडेल, महाधिवेशन प्रतिनिधिमा अमित कुमार साहनी, सिता राई, पदम मिजार, अब्दुल मोहिन खानलाई मनोनयन गरेको छ । यसै गरि महिला केन्द्रिय पार्षदमा राधिका बलाल र महिला महाधिवेशन प्रतिनिधिमा श्री देवी डुम्रेलाई मनोनयन गरिएको समानान्तर समितिका अध्यक्ष शुशिल गुरुङ्गले जानकारी दिए ।
 
नेपाल तरुण दलको महाधिवेशन गराउन गठिन निर्देशन समितिका संयोजक तथा सरकारका रक्षामन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीमा भएको यो विवादले तरुण दलको महाधिवेशनलाई समेत प्रभावित पार्ने देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ