arrow

भोजपुरमा पहिरोमा परि राई दम्पतीको निधन

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
District-09-Bhojpuri-hamrakura.jpg.jpeg
भोजपुर। भोजपुर कुलुङ गाविस वडा नम्वर ६मा श्रीमान श्रीमतीलाई नै पहिरोले बगाएको छ। कृषी पेशा गर्दै आएका भरत राई र उनकी श्रीमती राममनी राईको बेसीमा काम गरि बेसी घरमा नै बसेको बेला राती आएको पहिरोमा परि मैत्यु भएको हो।  
 
राई दम्पतीका ४ छोरा र दुई छोरी छन्। छोराछोरीलाई घरमै छोडेर बेसीमा खेतीपातीको काम गर्न गएका श्रीमान श्रीमतीको पहिरोमा परि मृत्यु भएपछि परिवारमा मात्र हैन गाउँमा नै शोकको माहौल  छाएको छ। 
 
भोजपुर कुलुङको वडा नम्वर ६मा गएको पहिरोमा परि निधन भएका राई दम्पतीको शव निकाल्न स्थानिय वासिन्दा र प्रहरीको उद्धार टोली घटनास्थल गएको स्थानियलाई उदृत गर्दै हाम्रा सहकर्मी राजु कट्टेलले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ