नेताको जम्बो टोली एमालेमा फर्कियो, ओलीले गरे स्वागत
सुनिल आउजी,
प्रकाशित २०७९ भदौ १६ बिहिबार
4.7k
Shares
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीमा आबद्ध नेताको जम्बो टोली एमालेमा फर्किएको छ।
उनीहरूलाई बुधबार महेन्द्रनगरमा आयोजित जनसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्व मेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्द सहितका नेता एमालेमा फर्केका हुन्।
यस्तै बुधवार मात्रै बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन् ।
उनीहरू सबैलाई अध्यक्ष ओलीले गम्छा ओढाएर स्वागत गरे ।