arrow

अरिङ्गालले टोकेर आठ वर्षे बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
aaringal-killed.jpg

धनगढी । बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीया छोरी किस्मा सुनारको मृत्यु अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो । 

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । 

बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।



नयाँ