arrow

प्रतिबन्धित कुखुराको चल्ला भित्र्याउने भारतीय कारोबारी पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७३ भदौ १८ शनिबार
Hatkadi-2.jpg.jpeg
वीरगन्ज।  खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय व्यापारीले दैनिक पर्साको ग्रामीण भेगबाट लाखौं मूल्यको बोइलर कुखुराको चल्ला नेपाल भित्रिने गरेको छ । खुल्ला सीमाना र रातिको अध्यारोको फाइदा उठाउँदै भारतीय चल्ला व्यापारीले साइकल  मोटरसाइकल तथा भरियाको मद्दतले चल्ला नेपाल भित्र्याउने गरेका हुन् । सीमाक्षेत्रमा रातको समयमा सुरक्षा सर्तकता कमजोर भएको मौका छोपी व्यापारीले दैनिक हजारौँको संख्यामा प्रतिवन्धित चल्ला भित्र्याउने गरेका छन् । 
 
यसै, क्रममा प्रहरीले पर्साको विश्रामपुर गाविसको वडा नम्बर ३ बाट दुई हजार चल्लासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।  प्रहरीले शनिबार विहान बी. आर. ओ. एक्स.  एच ९५९७ नम्बरको मोटरसाइकलमा लोड गरी भित्र्याइएको २४ कार्टुन चल्ला सहित भारत विहारको रमगढवा निवासी राजेश यादवलाई पक्राउ गरेको हो ।
 
खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय कारोवारीले प्रतिबन्धित कुखराको चल्ला भित्र्याएको सूचनाको आधारमा  यादवलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले जानकारी दिए । उनले बरामद गरिएको कुखुरा, मोटरसाइकल र पक्राउ परेका भारतीय नागरिक यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको बताए । पक्राउ परेका भारतीय नागरिक यादव भारतीय चल्लाको ठूलो कारोवारी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ