arrow

हिमाल साउथ एशियन पत्रिका बन्दप्रति प्रेस युनियनको आपत्ति

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg
काठमाडौँ । दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन बन्द भएको  विषयमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनले शनिवार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । हिमाल साउथएशियन पत्रिकाको प्रकाशक बन्द भएको समाचार ‘द साउथएशिया ट्रष्ट’ ले प्रकाशित गरेको थियो ।
 
  ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण पत्रिका बन्द हुन पुगेको बताएको छ। ट्रष्टले दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियनलाई बन्द गराइएको गम्भिर आरोप लगाइएको छ।
 
 युनियनले जारी गरेको विज्ञाप्तीमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायतीको रुपमा अगाडी आएको तथा संविधानले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभुमति गरेको अवस्थामा विभिन्न वहानामा स्वतन्त्र सञ्चार माध्यमलाई कर्मचारीतन्त्रको प्रयोग गरि बन्द गराइने अवस्थामा पुगेको अनुभुति पत्रिकाका प्रकाशक र सम्पादकीय समुहलाई हुनु अत्यन्तै दुखलाग्दो कुरा भएको उल्लेख छ । खुला समाजलाई वढावा दिनुपर्नेमा संगठित रुपमा त्यसप्रति सरकार र सरकारी संयन्त्रमा रहनेहरु निरन्तर उदासीन हुँदै जानु लोकतन्त्रप्रतिकै खतराको संकेत भएको विज्ञप्तीमा भनिएको छ ।
 
युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको  विज्ञाप्तीमा युनियन स्वतन्त्र प्रेसको पक्षमा रहेको र राज्यका तर्फबाट पनि स्वतन्त्र प्रेसलाई फस्टाउने वातावरण बनाइनुपर्ने समेत उल्लेख छ । युनियनले देशको कानुनको पालना गर्दै पत्रकारीता गरिरहेका स्वतन्त्र सञ्चारमाध्यमलाई कुनै पनि वहानामा अंकुश लगाउन नमिल्ने भन्दै हिमाल साउथएशियन पत्रिका पूर्ववत रुपमा सञ्चालन हुने वातावरणका लागि सरकारसँग आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ