arrow

उद्योग वाणिज्य संघ दमकमा तीन भाइको भिडन्त

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
damak-Fncci.jpeg
काठमाडौं ।  उद्योग वाणिज्य संघ दमकको नयाँ नेतृत्वको लागि आईतबार मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । भदौ ६ गते बसेको संघको २५ औं साधारण सभा तथा २६ औं स्थापना दिवसबाट आउँदो भदौं २४ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । 
 
आईतबार ११ बजेदेखि उद्योग वाणिज्य संघ दमकको कार्यालयमा मनोनयन दर्ता हुने संघका अध्यक्ष प्रकाश प्रसाईले जानकारी दिए । अहिले संघको अध्यक्ष बन्नको लागि अहिलेसम्म ३ जनाले आकांक्षा देखाएका छन् । जसमा उपाध्यक्ष गोकुल श्रेष्ठ राजेन्द्र ढकाल र गणेश बहादुर बस्नेतले आकांक्षा देखाएका छन् ।  तर अहिलेका अध्यक्ष प्रसाईको समर्थन श्रेष्ठलाई रहेकोले पनि श्रेष्ठको सम्भावना बढस् रहेको बताईएको छ । यद्यपि तीनै जनाले भिन्दाभिन्दै उम्मेदवारी दिएका छन् । 
 
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामचन्द्र बराल बिमल खतिवडा र प्रवीण चाम्लिङ रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा गोपाल गुरागाई, र एमजी श्रेष्ठले उम्मेदवारी दिएको प्रथम उपाध्यक्षका उम्मेदवार गुरागाईले जानकारी दिए । 
 
अहिले विभिन्न पदमा कूल २१ जनाको लागि ५५ जनाले उम्मेदवारीको लागि आकांक्षा देखाएका छन् । निर्वाचन नेपाल रेडक्रस सोसाईटीको भवन दमकमा २४ गते हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ