arrow

झलनाथ खनालले श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षलाई भेटे

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
jhalanth-and-mahinda-raja-new.jpeg
काठमाडौँ । मलेसियाको राजधानी क्वालालम्पुरमा जारी एसियाली राजनीतिक सम्मेलन (आइक्याप) महासम्मेलनका क्रममा  प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले श्रीलङ्काकाका पूर्व राष्ट्रपति महेन्द्र राजापाक्षसँग भेटघाट गरेका छन् । 
 
राजापाक्षले आफ्नो कार्यकालमा नेपाल र श्रीलङ्काबीच सम्बन्ध स्थापना गर्न भएका पहल र लुम्बिनी क्षेत्रको विकासबारेमा चासो व्यक्त गरेका थिए । छलफलमा दक्षिण एसिया विकास र शान्तिका लागि सहकार्य वातावरण बनाउन नेपाल र श्रीलङ्काजस्ता देश अघि सर्नुपर्ने दुवै नेताको एउटै धारणा थियो । 
 
नेता खनालले दुई देश माझ सिधा ‘कनेक्टिभिटी’को आवश्यकता रहेको औँल्याएको उनका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए । भेटमा खनालसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेत र खनालका विदेश ममिला सहयोगी योगेन्द्र शाही सहभागी थिए ।  
 
खनालले आइक्याप नेतृत्व र सचिवालय साथै बङ्गलादेशको पूर्व राष्ट्रपति हुसेन मुहमद इरसाद, जापानी कम्युनिष्ट पार्टीका अध्यक्ष कजुओ शीसँग पनि आपसी हितका विषयमा छलफल गरेका छन् । 
 
महासम्मेललनका लागि खनालसहित नेपालबाट नेपाली काँग्रसकी नेत्री सुजाता कोइराला, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत मलेसिया पुगेका छन् । सम्मेलन यही भदौ १७ देखि १९ सम्म चल्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ