arrow

चकलेट र चुइगम खाने वानीले देशको साँढे ८ अर्व बढी गयो विदेश

logo
राजाराम कार्की।
प्रकाशित २०७३ भदौ १८ शनिबार
chocolate.jpeg
काठमाडौँ। मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन। भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार आर्थिक बर्ष २०७२/७३मा रु छ अर्ब ३४ करोड तीन लाख ९१ हजारको चकलेट र रु एक अर्ब ८४ करोड ७८ लाख सात हजारको चुइगम आयात भएको छ । 
 
भन्सार विभाग, त्रिपुरेश्वरले (आव २०७२/०७३) मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २१ देशबाट चकलेट र १० देशबाट तयारी चुइगम आयात भएको उल्लेख छ । 
 
मुख्यतया कृषिबाट प्राप्त हुने कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्न सकिने चकलेट र चुइगमको आयात प्रतिस्थापन गर्न लगानी मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने धारणा चकलेट व्यवसायी दिलीप श्रेष्ठको छ । 
 
नेपालमा भगवती, काव्रा, सुजल, क्वालिटीलगायताका दर्जनौ चकलेट तथा चुइगम उद्योग छन् । तर, आयात प्रतिस्थापन हुन नसक्नुको मुख्य कारण गुणस्तरीय चकलेट उत्पादन हुन नसक्नु नै हो, चकलेट व्यवसायी गणेश भण्डारीले बताउनुभयो । 
 
नेपालले विश्व व्यापार सङ्गठनको सदस्य भएपछि स्वदेशमा विदेश निर्मित चकलेटको आयात बढेको तथ्याङ्क छ । त्यसोत कच्चा पदार्थको आयातमा भन्सार छुट नहुन, विद्युत् तथा जनशक्तिको थप समस्याले समेत चकलेट तथा चुइगमको आयात प्रतिस्थापन हुन नसकेको व्यवसायीको गुनासो छ । 
 
नेपालमा सबैभन्दा धेरै चकलेट र चुइगम भारतबाट आयात भएको छ । भारतबाट चकलेट रु चार अर्ब ६३ करोड ७९ लाख ९६ हजार र चुइगम रु एक अर्ब १६ करोड ६२ लाख ४० हजारको आयात भएको हो । 
 
त्यसैगरी बङ्गलादेशबाट रु ८१ करोड ६५ लाख १५ हजार, चीनबाट रु ५३ करोड २७ लाख ३७ हजार, साउदी अरबबाट रु आठ करोड ७८ लाख ३४ हजार, मलेसियाबाट रु ६ करोड ९३ लाख ९३ हजार, टर्कीबाट रु पाँच करोड ३७ लाख ५५ हजार, थाइल्यान्डबाट रु चार करोड ५७ लाख ३८ हजार, गणतन्त्र कोरियाबाट रु चार करोड ४४ लाख २३ हजार, ओमनबाट रु एक करोड ७१ लाख ८३ हजार, बेलायतबाट रु एक करोड ३५ लाख ३६ हजार, मोरोक्कोबाट रु ६९ लाख २५ हजार र कुवेतबाट रु ६५ लाख ३३ हजारको चकलेट आयात भएको छ । 
 
त्यसैगरी अन्यमूलुक इन्डोनोसियाबाट रु ५० लाख ८३ हजार, जर्मनीबाट रु ६ लाख ९१ हजार, बेलायत र स्वीजरल्यान्डबाट रु पाँच लाख ७७ हजार, मेक्सिकोवाट रु चार लाख ६५ हजार, नेदरल्यान्डस रु एक लाख ७५ हजार, इटली रु एक लाख ३२ हजार, फ्रान्सबाट रु ९८ हजार र सिङ्गापुरबाट रु २५ हजारको चकलेट आयात भएको छ । 
 
त्यस्तै बङ्गलादेशबाट रु ३६ करोड ९० लाख , चीनबाट रु ३४ करोड २७ हजार ८०० कोरियाबाट रु एक करोड ३७ लाख ६३ हजार, बेलायतबाट रु सात लाख ५३ हजार, साउदीबाट रु पाँचलाख अमेरिकाबाट रु एक लाख ७३ हजार, थाइल्यान्डबाट रु ८० हजार, टर्कीबाट रु २२ हजार र जर्मनीबाट रु १४ हजारको चुइगम आयात भएको हो । 
 
यद्दपि यहाँ विदेश भ्रमण तथा वैदेशिक रोजगारबाट फर्किआउँदा उपहारका साथमा ल्याएको चकलेट तथा चुइगमको गणना भने उल्लेख छैन । 
 
आव २०७२÷०७३ मा बङ्गलादेशबाट आठ लाख १६ हजार ५१५, चीनबाट पाँच लाख ३२ हजार ७३७, साउदी अरबबाट ८७ हजार ८३४ मलेसियाबाट ६९ हजार ३९३, टर्कीबाट ५३ हजार ७५५, थाइल्यान्डबाट ४५ हजार ७३८, गणतन्त्र कोरियाबाट ४४ हजार ४२३, ओमनबाट १७ हजार १८३, बेलायतबाट १३ हजार ५३६, मोरोक्कोबाट ६ हजार ९२५ र कुवेतबाट ६ हजार ५३३ केजी चकलेट आयात भएको थियो । 
 
त्यस्तै, इन्डोनोसियाबाट पाँचहजार ८३, जर्मनीबाट ६९१, बेलायत र स्वीजरल्यान्डबाट ५७७, मेक्सिकोबाट ४६५, नेदरल्यान्डसबाट १७५ इटलीबाट १३२ फ्रान्सबाट ९८ र सिङ्गापुरबाट २५ केजी चकलेट आयात भएको थियो । 
 
त्यसैगरी चुइगमतर्फ बङ्गलादेशबाट तीन लाख ६९ हजार, चीन ३४ हजार २७८, गणतन्त्र कोरियाबाट १३ हजार ७६३, बेलायत ७५३, साउदी अरब ५००, अमेरिका १७३, थाइल्यान्ड ८०, टर्की २२ र जर्मनीबाट १४ केजी आयात भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ