arrow

गौ रक्षार्थ मुस्लिम र हिन्दु एक जुट, सात बिघामा गौशालाको शिलान्यास

विश्व समुदायलाई मेलमिलापको सन्देश

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
Gauraksha-news.jpeg
वारा । विश्वकै इतिहासमा पहिलो पल्ट मुस्लिम र हिन्दु एक जुट भई गौ रक्षार्थ गौशाला निर्माणमा जुटेका छन् । साथ सारथी श्रृजनशिल समाज नेपालले नेपाल–भारत संयुक्त मैत्री गौशाला निर्माण अभियानको थालनी गरिदिएको हो । 
 
जिल्ला कार्यसमिति बाराले जिल्लाको बतरा–७ फुलवरीया स्थित ७ बिघा जमिनमा शनिबार गौशालाको शिलान्यास गरिएको छ । गौशाला शिलान्यास कार्यक्रमका प्रमुख अतिथी बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गनाले पूजा अर्चना गरी गौशालाको शिलान्यास गरे । 
 
नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक एवं समाजसेवी बसरुदिन अन्सारीले हिन्दु मुस्लिमबीचको एकताको सन्देश विश्व सामु दिने कार्य गरेकामा सम्मानित भए । सो कार्यको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गनाले दोसल्ला ओढाई कदर पत्रबाट सम्मान गरे । 
 
नेपाल–भारत संयुक्त मैत्री गौशाला निर्माण अभियानका केन्द्रिय संस्थापक संयोजक एवं पूर्व सांसद मोहन चन्द अधिकारी, चक्रदेव जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन यादव, मौलाना नुरुलहोदा, मठका रामानन्द महाराज र कलैया नगरपालिकाका पूर्व मेयर भरत बहादुर मल्लले आ–आफनो धारणा राखे । 
 
कार्यक्रममा राजनितिक पार्टीका प्रतिनिधि, सरोकारवाला, समाजसेवी, बुद्धिजिवी लगायत स्थानीयको उपस्थिति रहयो ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ