arrow

प्रदेश सीमाङ्कनसम्बन्धी व्यवस्था संशोधन गर्न सकिंदैन: सचिव भट्टराई

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
yogesh-bhattarai-600x0.jpg.jpeg
नेपालगन्ज। नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मधेसी मोर्चाको सीमाङ्कनसम्बन्धी माग संविधानमा संशोधन गर्न आफ्नो दल सहमतिमा नआउने बताएका छन् । 
 
प्रेस चौतारी बाँकेद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले  भने , “‘अरु माग संविधान संशोधनबाट सम्बोधन गर्न आफ्नो दल सहमतिमा आउन सक्ने भए पनि प्रदेश सीमाङ्कनसम्बन्धी संवैधानिक व्यवस्था चाहेर पनि संशोधन गर्न सकिदैन ।” 
 
संविधानको सफल कार्यान्वयनमा स्थानीय र प्रादेशिक निर्वाचन मुख्य चुनौती भए पनि चरणबद्ध निर्वाचन गर्न सकिने उनको भनाइ थियो । उनले आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै संविधानलाई सबैको साझा दस्तावेज बनाउने सबैखाले मुद्दामा राजनीतिक सहमति खोज्नुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ