arrow

म्याग्दी पहिरो : बेपत्ता ओमप्रसाद मृत भेटिए

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
Myagdi-hamrakura.jpeg
म्याग्दी  । म्याग्दीको देवीस्थानमा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएकाे छ । 
 
देवीस्थान–५ घारथोकमा बिहान गएको पहिरोमा परी बेपत्ता भएका स्थानीयवासी करिब ७० वर्षीय ओमप्रसाद भट्टचन मृत फेला परेका हुन् । 
 
गोठसहित पहिरोमा पुरिएका भट्टचनलाई तीन फिट तल पुरिएर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र कलीमाया बुढाथोकीको घर बगाएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए। 
 
पहिरोमा पुरिएर दुईवटा गाई र एउटा गोरु मरेका छन् । इलाका प्रशासन कार्यालय दरवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण सङ्कलन गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ