arrow

आज लाभका प्रशस्तै मौका

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ भदौ २१ मंगलबार
rashifal-horoscope-blue_1618100665.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७९ भदौ २१ गते मंगलबार, इस्वीसंवत सेप्टेम्वर ६ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको दशमी तिथि रहनेछ ।  आज नक्षत्रमा पूर्वाषाढा, विष्कुम्भादि योगमा आयुष्मान, करणमा गर, आनन्दादि योगमा मित्र रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३१ घटि २९ पला अर्थात १२ घण्टा ३४ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४१ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१९ बजे हुनेछ । आज हरिपरिवर्तनी एकादशी परेको छ ।

आजको राशिफल

मेष : आज मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भईरहनेछ । स्वास्थ्यको दृष्टिले समय शुभ छैन, उठ्नुपर्ने पैसा न उठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ, आफन्तसंग भएको कलहले ठूलै घाटा व्यहोर्नुपर्ने छ । समग्रमा आज कसैसंग पनि विवाद गर्नु ठीक छैन । उत्तरतर्फको यात्रा नगर्नुहोला ।

वृष : आज मनमा विना कामको चिन्ता थपिने, दाजुभाइबीचको सम्बन्ध पनि सुमधुर नरहने, आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । आज काममा समेत उतारचढाव नआउला भन्न सकिन्न, तर मनोरञ्जन तथा राजनीतिक क्षेत्रमा सहभागी हुन पाइनेछ ।

मिथुन : आज स्वास्थ्य एक्कासी समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्ने छ, आँखामा एक्कासी समस्या देखिन सक्छ, घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ, तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ । यात्रामा पनि झण्झट बेहोर्नुपर्ने हुन सक्छ, निकै चनाखो हुनुहोला ।

कर्कट : आज स्वास्थ्य ठीकठाक रहनेछ । आदर सत्कार पाइने काममा सहभागी हुन पाइनेछ, पारिवारिक तथा आश्रित कर्मचारीको राम्रो सहयोग पाइने छ, तपाईंको कार्यक्षेत्रमा शुभेच्छुक व्यक्ति नयाँ लाभका अवसर लिएर आउने, रमणीय कार्यमा सहभागी हुन पाइने छ भने दिउँसो १२ बजेपछिको समय शुभ छैनन्, ती समयमा लेनदेन एवं महत्वपूर्ण कार्य नगर्नुहोला । धार्मिक कार्यतर्फ मन आकर्षित हुन सक्ने देखिन्छ ।

सिंह : आज स्वास्थ्यले राम्रै साथ दिनेछ, आम्दानीका स्रोतहरू बढ्दै जानेछन्, यश, कीर्ति बढ्ने काममा लगानी गर्न पाइनेछ, नयाँ कामको थालनी आज गर्नुभएमा उच्चतम् फाइदाको हुनेछ, व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ, दिउसो आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने सम्भावना छ, त्यसैले यात्रा तथा जे काम गर्दा पनि सजक हुनुहोला ।

कन्या : आज मानसिक चिन्ता बढ्नेछ, तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोराछोरीबाट धोका खानुपर्नेछ, नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ, आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, अनावश्यक रुपमा शत्रु वृद्धि, आफन्तसंग वादविवादमा लाग्नु ठीक हुनेछैन, दिउँसो ३ बजेबाट भने सुधार हुनेछ ।

तुला : आज प्रशस्तै लाभका मौकाहरू रहेका छन्, सापटी धन फिर्ता गर्न आउनेछन्, मन लागेको कार्यमा छुट्नुपर्ने, घरमा चोरी हुन सक्ने सम्भावना देखिन्छ भने टाढाको धार्मिक यात्राको सम्भावना देखिन्छ तर आज उत्तरी मुलुकको यात्रा नगर्दा नै राम्रो हुनेछ । आफन्तसंग आर्थिक कारोबार नगर्दा नै राम्रो हुनेछ । यात्रा गर्दै हुनुहुन्छ भने श्रीगणेशजीको नाम मनमा लिइरहनुहोला ।

वृश्चिक : आज आफ्नै ढिलासुस्तीले मनोवल घटाउनेछ, हरेक काममा पछि परेको अनुभव हुने, मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबढी, आज फलफूल सम्बन्धी पेशामा लाभ पाइने, पद र पैसाभन्दा प्रतिष्ठासंग गासिएका काममा लगानी हुन सक्नेछ । तपाइँ ढाटाको यात्रा गर्दै हुनुहुन्छ भने चोरी हुनबाट जोगिनुहोला ।

धनु : आज दिन अत्यन्तै शुभ छ । आज सापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायःजसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम् भेट हुनेछ । आज दिनभर सोचेअनुरुपकै काम गर्न सकिने देखिन्छ ।

मकर : आज समय खराब छ । आज व्यर्थैको विवादले मानसिक चिन्ता थप्ने छ, आफन्तबाट तिरष्कार, अपमान गर्ने प्रयास हुन सक्नेछ, तपाईंको काम बिगार्न लागि पर्नेछन्, समग्रमा लाभभन्दा हानी नै ज्यादा हुने हुदा सतर्क हुनु आवश्यक छ । टाढाको यात्रा पनि ठीक छैन । आज आर्थिक लेनदेनको कारोबार पनि नगर्नुहोला ।

कुम्भ : आज पनि समय अत्यन्तै शुभ छ, स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसंग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका कामहरू बन्नेछन् । समय शुभ रहेकाले महत्वपूर्ण कामहरुमा ध्यान दिनुहोला ।

मीन : आज दिन सामान्य छ । आज स्वास्थ्यको हिसाबले राम्रै रहने छ, तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पु¥याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।


साइत : आज सूर्य सिंह, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 

आजको शुभ लाभादि बेला

बिहान ०५ः४४ बजेदेखि ०७ः१८ बजेसम्म रोग बेला

बिहान ०७ः१८ बजेदेखि ०८ः५३ बजेसम्म उद्वेग बेला

बिहान ०८ः५३ बजेदेखि १०ः२७ बजेसम्म चर बेला

बिहान १०ः२७ बजेदेखि १२ः०२ बजेसम्म लाभ बेला

दिनमा १२ः०२ बजेदेखि १ः३६ बजेसम्म अमृत बेला

दिनमा १ः३६ बजेदेखि ३ः११ बजेसम्म काल बेला

दिनमा ३ः११ बजेदेखि ४ः४५ बजेसम्म शुभ बेला

साँझ ४ः४५ बजेदेखि ६ः२० बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ