arrow

चन्द्रमामा पुग्ने दोश्रो अन्तरिक्ष यात्री विराटनगर आउँदै

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ १८ शनिबार
bbuj-new.jpeg
विराटनगर ।  चन्द्रमामा पुुग्ने दोश्रो अन्तरिक्ष यात्री वज एल्ड्रिन विराटनगर आउदै छन् ।   सुनसरीको शान्तिवनस्थित एभरेष्ट साइन्स सेन्टरमा हुने कार्यक्रममा सहभागि हुन अमेरिकाबाट काठमाडौं हुँदै उनी विराटनगर आउन लागेका हुन् । 
 
सेन्टरले शनिबार पत्रकार सम्मेलनगरी यही भदौ–२१ गते मंगलबार बिहान अन्तरिक्ष यात्री वज विराटनगर विमानस्थालवाट साइन्स सेन्टर पुग्ने कार्यक्रम छ । जसका लागि ८५ वर्षीय अन्तरिक्ष यात्री वज आइतबार अमेरिकाबाट नेपाल आउँदै  छन् । 
 
वजको साथमा उनका छोरा डा. एन्ड्री एल्ड्रिन समेत शान्तिवन आउँदै छन् । डा. एल्ड्रिन मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष पनि हुन् । नासाका वैज्ञानिकसहित चारजानाको टोली नेपाल आउन लागेको पक्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
अन्तरिक्ष यात्री वज एल्ड्रिन एपोलो–११ चढेर निलआर्मस्ट्रङसंग चन्द्रमामा पुुगि दोश्रो पाइला टेक्ने व्यक्ति हुन् ।  एभरेष्ट साइन्स सेन्टरमा आएपछि वजले सेन्टर परिसरमा वृक्षारोपण गर्ने र  दिउँसो १ बजे एक कार्यक्रमको आयोजना गरी चन्द्रममा पुग्दाको अनुभव र मंगलग«हमा बस्ती बसाउने योजनाको बारेमा जानकारी गराउने सेन्टरका अध्यक्ष दिलिप अधिकारीले बताए । 
 
४६ वर्ष अघि निल आर्म र वजले सवा दुई घन्टा चन्द्रमाको धरातलमा पुुगेर त्यँहाको बस्तुस्थितिबारे जानकारी लिएका थिए । ५ हजार सहभागिकोबीचमा वजले आफनो अनुभव सुनाउने अधिकारीले बताए । वजले साइन्स सेन्टरमा पाँच घन्टाको समय दिएको अध्यक्ष अधिकारीले जानकारी दिए । आफु नासासंग जोडिएको हुनाले नेपालको इतिहासमा पहिलो पटक यस्ता सफल व्यक्तीलाई ल्याउने तयारीमा सेन्टर लागेको अध्यक्ष अधिकारीले बताए । 
 
नेपाललाई विश्वमा चिनाउनका लागि चन्द्रयात्री नेपालमा ल्याउन लागेकाले त्यसमा सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । वज आउने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । वजको काठमाडौंमा समेत कार्यक्रम रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ