arrow
ADVERTISEMENT

आफ्नै सेनाले पत्रकार अक्लेहको हत्या गरेको उच्च सम्भावना- इजरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
aljazeera-abu-shreen-icc-.PNG

काठमाडौं । इजरेलले अल जजीराकी पत्रकार शिरीन अबु अक्लेहलाई इजरेली सेनाको गोलीबाट 'संयोगवश हिट' भएको 'उच्च सम्भावना' रहेको बताएको छ । इजरेली अधिकारीहरूले सोमबार दिउँसो हत्याको अनुसन्धानको नतिजा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रत्यक्षदर्शी, अल जजीरा र संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी समूह र मिडिया संगठनलगायतका धेरै अनुसन्धानहरूले इजरेली सैनिकले अबु अक्लेहलाई गोली हानेको निश्कर्ष निकालेको छ ।

इजरेली अनुसन्धानले आफ्ना सैनिकहरूमाथि घटनास्थलमा प्यालेस्टिनी लडाकुहरूबाट गोली हानिएको देखाएको छ । यद्यपि घटनाको फुटेजले यो कुरा पुष्टि गरेको छैन ।

'अबु अक्लेहलाई गोली प्रहार गरेर ज्यान लिने बन्दुकको स्रोतलाई स्पष्ट रूपमा निर्धारण गर्न सम्भव छैन,' रिपोर्टमा भनिएको छ, 'उनलाई प्यालेस्टेनी सशस्त्र बन्दुकधारीहरूले चलाएको बन्दुकको गोली लागेकाे सम्भावना पनि रहेको छ ।'

घटनाको विस्तृत जाँचपछि र सबै निष्कर्षहरूको आधारमा सैन्य अधिवक्ता जनरलले मुद्दाको परिस्थितिमा फौजदारी अपराधको कुनै शंका नभेटेको र सैन्य प्रहरी अनुसन्धान उचित नरहेको रिपोर्टमा भनिएको छ ।

अनुसन्धनको निश्कर्ष सार्वजनिक गर्नुअघि पत्रकारहरुको लागि पृष्ठभूमि ब्रिफिंगमा इजरेली सेनाका वरिष्ठ अधिकारीहरूले उनीहरूले सिपाहीलाई भेटेको र 'यदि उसले यो गरेको भए पनि गल्तीले गरेको हो' भनेर उल्लेख गरिएको अल जजीराले जनाएको छ ।

उत्तरी कब्जा गरिएको वेस्ट बैंकको जेनिनमा सेनाको आक्रमण कभर गरिरहेका बेला अबु अक्लेह ५४ वर्षीय प्यालेस्टिनी अमेरिकी पत्रकारलाई गत मे ११ मा इजरेली सेनाले गोली हानेको थियो ।

संयुक्त राष्ट्र संघ, प्यालेस्टिनी प्राधिकरण (पीए), र सीएनएन र एसोसिएटेड प्रेस समाचार एजेन्सी सहित धेरै मिडिया आउटलेटहरू सहित धेरै विस्तृत अनुसन्धानले अबु अक्लेहलाई निश्चित रूपमा इजरायली फायरले गोली हानेको पाएको छ ।

यस्तै उनको हत्या हुँदाका दृश्यहरुले त्यहाँ कुनै प्यालेस्टिनी लडाकु नरहेको समेत देखाएको छ ।

उनको छेउमा उभिएका र हत्याको प्रत्यक्षदर्शी पत्रकारहरूले समेत त्यहाँ प्यालेस्टिनी लडाकुहरू उपस्थित नभएको बताएका छन् ।

प्यालेस्टिनी साक्षीहरूले अल जजीराको द टेक पोडकास्टमा उनीहरूलाई इजरेलले अनुसन्धानको भागको रूपमा कहिल्यै सम्पर्क नगरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ