arrow

हामी संसदको वाच टाइगर पनि हौं, आयु बढाउने ऐन फिर्ता होस्– शेरबहादुर तामाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
sherbahadur-tamang-.jpg

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले केही नेपाल ऐनमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने व्यवस्था आएको भन्दै गम्भीर विमति जनाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘कानून मन्त्रीले अहिले फिर्ता दिनु भयो भने हाम्रो समर्थन छ । फिर्ता नलिए त्यसपछिको परिस्थिति बेहोर्नु पर्ने हुन्छ’ भने ।  

उनले अगाडि भने, ‘हामी जिम्मेवार प्रतिपक्षमात्र हैन हामी संसदको वाच टाइगर पनि हौं । कतै नन टाइगरहरुले अरु शिकारहरु गरेर लोकतन्त्रको इको सिष्टम बिगारिदेला भनेर हेर्न बसेका छौं ।’

उनले चेतावनी दिँदै भने, ‘नत्र भने हामी यहाँबाट निष्कनु पर्ने स्थिति पनि बन्न सक्छ । त्यसकारण ख्यालख्यालको विषय बनाएर संसदको अर्को निर्वाचन भएर आएर सपथ आएर त्यसपछि पहिलो बैठक बस्नेसम्म गरी ऐन ल्याउन मिल्छ र ? निर्वाचन घोषण गरेपछि त यो कोमामा जानुपर्ने हो । सभामुखले भनिदिनु पर्ने हो । सरकारले निर्णय ल्याउनु पर्ने हो ।’

प्रतिनिधि सभा र राष्ट्रिय सभाको आयु असोज १ गतेसम्म हुने पनि उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ