arrow

चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेंडा स्वाहा, ६ घाइते

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
chityoo.jpeg
बाबियाचौर । म्याग्दीको चिमखोलाको दहबुकीमा चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेडा मरेका छन् । 
 
चिमखोला–१ नामिलाका यमबहादुर बुढाको गोठमा शनिबार राति चितुवाले आक्रमण गरेर भेडा मारेको हो । १४ भेडा मरेको र ६ वटा घाइते भएको कृषक बुढाले बताए । 
 
छ वटाको समूहमा आएका चितुवाले आक्रमण गरेको उनले बताए । करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुढाले चितुवा लखेट्ने प्रयास गरे पनि गोठमा एक्लै रहेकाले नसकेको बताए । 
 
पछिल्लो समय म्याग्दीको चरन क्षेत्रमा चितुवाको आतङ्क बढेको छ । खोप्रा क्षेत्रमा पनि चितुवाले आक्रमण गरेर चौँरीगाई र भेडाबाख्रा मारेर सताएको किसानले बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ