arrow

भारतले नेपालको पारवहन अधिकार कुण्ठित गरेकै हो : वैद्य

logo
प्रकाशित २०७२ मंसिर १७ बिहिबार
बर्दिवास । नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले भारतले नेपालको पारवहन अधिकार कुण्ठीत गरेको आरोप लगाएका छन् । बैद्यले मुलुकको असहज परिस्थितिको सामना गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने आवश्यकता औंल्याए ।  
 
महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग अध्यक्ष वैद्यले तराई मधेसका जायज माग पूरा गर्न र भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने बताए ।  
 
मधेस आन्दोलनको निहुँमा भारतले नेपालको निर्वाध पारवहन अधिकार कुण्ठित गरेको वैद्यको भनाइ छ । अध्यक्ष वैद्यले प्रदेश सीमाङ्कन हेरफेर गर्न र समानुपातिक तथा समावेशी अधिकारको सुनिश्चतता गर्न सरकार र मुख्य दलहरुको पहलकदमी आवश्यक रहेको धारणा राख्नु राखे ।  
 
अहिले सतहमा देखिएका समस्या वार्ताबाट समाधान हुन सक्ने भएकाले यसको समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ