- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ५ गते यमदीपदान, धनत्रयोदशी (धनतेरस), ६ गते आइतबार कागतिहार, ७ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, ८ गते मङ्गलबार गाईपूजा, खण्डग्रास सूर्यग्रहण, ९ गते बुधबार गोवद्र्धनपूजा, आत्मपूजा (म्हपूजा) र १० गते बिहीबार भाइटीका (किजापूजा) परेको छ ।
समितिले यस वर्षको तिहारमा ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यसका आधारमा शास्त्रसम्मत निर्णय गरिएको जनाएको छ । समितिले यस वर्षको तिहार अर्थात् स्वन्ति पर्वका विषयक छलफलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले कात्तिक ८ गते मङ्गलबार ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यस दिन चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रीय नियमअनुसार निर्णय गरिएको जानकारी गराए ।
कात्तिक ९ गते सूर्योदय नभएसम्म केही गर्नु नहुने शास्त्रीय वचनअनुसार निर्णय गरिएको समितिले जनाएको छ ।