arrow

सरस्वती शाहद्वारा तरुण दलको कोषाध्यक्षमा उमेद्वारी घोषणा

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
sarashwoti-shah.jpeg
काठमाडौँ। नेपाली काँग्रेस भित्र अहिले आफ्नो भातृसंगठनको चुनाबको लहरनै चलेको छ। भर्खर मात्र नेबिसंघको चुनाब सम्पन्न गरेको कांग्रेसले अर्को भातृसंगठन तरुण दलको महाधिवेशन गर्न लागेको छ। पोखरामा सम्पन्न हुन गईरहेको तरुण दलको चौथो महाधिवेशनको तयारी तीब्र गतिमा भईरहेको छ।
 
पोखरामा हुन गईरहेको तरुण दलको महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षका लागि नेत्री सरस्वति शाहले उम्मेदवारीको घोषणा गरेकी छन्। उनले बिपीको विचारलाई नारामा मात्र सिमित नभई कार्यान्वयन गर्न, राजनीतिको नाममा हुने भ्रष्टाचारको अन्त्यका लागी आफुले उमेद्वारी दिएको बताउँछिन्। 
 
पार्टीको नेतृत्व तहमा सक्षम, योग्य र नेतृत्वदायी युवाहरु आउनुपर्छ भन्ने उनको मत छ। गुटबन्दीको राजनीति भन्दा माथि उठेर नेपाली काँग्रेसको मूल्य मान्यता अनुसार पार्टीलाई अगाडी बढाउनुनै अहिलेका युवाहरुको प्रमुख दायित्व भएको कारणले पनि आफुले तरुण दलको हुन गईरहेको महाधिबेशनमा केन्द्रीय कोषाध्यक्षको पदमा उमेद्वारी घोषणा गरेको उनी बताउछिन्।
 
विपी कोइरालाको जीवनीबाट प्रेरित सरस्वति शाहले २०४९ सालमा बर्दियाबाट विद्यार्थी राजनीति शुरु गरेकी हुन्। उनले ०५५ मा गाउँ इकाइ समिति सदस्य, ०६४ मा तरुणदल केन्द्रीय पार्षद हुँदै उनि ०७१ सालमा तरुणदलको केन्द्रीय सदस्यको भएर भूमिका निर्वाह गरिसकेकी छिन्।
 
नेपाली युवाहरुको माग सही तरिकाले सम्बोधन गर्न सक्ने क्षमता आफूमा भएकाले यस पटक नेपाल तरुण दलको केन्द्रीय महाधिवेशनका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको शाहले बताइन्। उनले आफू नेतृत्वमा पुगेमा तरुण दललाई चुस्त ढंगले संगठित गर्दै लैजाने र पार्टीको निर्देशन अनुसार अगाडी बढ्ने कुरा बताइन्। उनले सम्पूर्ण  नेपाली महिला तथा बिसेष गरि पिछडिएका, दलित र आवाज बिहिन महिलाहरुका हकहितका लागी काम गर्ने बताइन्। 
 
शाह भन्छिन ‘सबल, सक्षम र निष्ठापूर्वक नेपाली जनताको काम गर्न सक्ने तरुणदल नै भोलिको काँग्रेस हो र काँग्रेसको भबिष्य पनि हो। स्मरण रहोस २०६४ सालमा तत्कालीन नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकको एकीकरणपछि तरुण दलको अधिवेशन हुन सकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ